नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयीमिसन–२०२६ खेलकुद अभियान हो’’– घिसिङ

रानीपोखरी पुनर्निर्माणमा रञ्जुको चासो, कफी सप नराख्न मेयरलाई आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष ६ गते, बिहीबार १२:३०

काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार रञ्जु दर्शनाले रानीपोखरी पुनर्निर्माणको खाकामा आपत्ति जनाएकी छिन् । पुरानै ढाँचामा रानीपोखरी पुनर्निर्माण गर्नु पर्ने उनको जोड छ ।

रञ्जुले हालै मात्र महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग भेट गरेर यस विषयमा कुराकानी गरेको छन् । ‘पुरातात्विक सम्पदालाई आधुनिकीकरण गर्ने नाममा विकृत बनाउन हुँदैन,’ उनले भनिन् ।

उनले मेयरसामू रानीपोखरीमा कंक्रिटको पर्खाल लगाउन थालिएको, वाटर फाउन्टेनदेखि कफीसपसम्म राख्न लागिएकोमा आपत्ति जनाएकी थिइन् । जवाफमा मेयर शाक्यले पर्यटकहरुको मनोरञ्जन र सुविधाको लागि रानीपोखरीलाई आधुनिकीकरण गर्नु आवश्यक भएको बताएका छन्. ।

रञ्जुले भने पुरातात्विक महत्वको सम्पदाको स्थानमा आधुनिक कफी सप आवश्यक नभएको बताएकी छिन् । ‘काठमाडौंमा कफी खाने ठाउँको अभाव छैन’ उनले भनिन्, ‘पर्यटकहरु कफी खानलाई रानीपोखरी पुग्ने होइनन् ।’

रञ्जुसँगै सम्पदाविद सुदर्शन तिवारी पनि मेयरलाई भेट्न पुगेका थिए । उनले पनि रानीपोखरीको पुननिर्माण पुरानै ढाँचामा सम्पन्न गर्नुपर्ने धारणा राखेका छन् ।

रानीपोखरीको पुनर्निमाण सम्वन्धमा भएको करार, त्यसको समयसीमा, निर्माण सामग्री आदिवारे जानकारी माग्दै महानगरपालिकामा आरटीआई दर्ता गरेको रञ्जुले जानकारी दिइन् ।

भूकम्पपछि क्षतिग्रस्त रानीपोखरीको पुनर्निमाणले अझै गति लिन सकेको छैन । बरु बेलाबेला विवाद आउने गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु