• कालिकोटमा प्रहरी र म्यादि प्रहरी बिच झडप, १ जना म्यादि प्रहरीको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ पुष २०७४, शुक्रबार ११:२३

    कालिकोटमा प्रहरी र म्यादि प्रहरीबीच झडप हुदा १ जना म्यादि प्रहरीको मृत्यु भएको छ । २ जना घाईते भएका छन् । म्यादी प्रहरीले पाउने तलव सुबिधामा ३ हजार कटौति गरेको भन्दै म्यादि प्रहरी आन्दोलनमा उत्रिएपछि दुवै पक्ष बीच झडप हुदा एक जनाको मृत्यु भएको हो ।

    स्थिती तनावग्रस्त भएपछि नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर सान्नीत्रिवेणी गाउँपालिकाका म्यादी प्रहरी बिवेक ऐडीकोे मृत्यु भएको हाम्रा सहकर्मी पुष्प भट्राईले जानकारि दिएका छन् । उनको टाउकोमा गोली लागेको थियो । तर यसको पुष्टि हुन भने बाँकी छ ।

    घाइते मध्ये १ को अवस्था गम्भिर रहेको छ भने १ जनको अवस्था सामान्य रहेको छ । उनिहरुको जिल्ला अस्पताल मान्म कालिकोटमा उपचार भैरहेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु