एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

प्रिमियर ईन्स्योरेन्सको एफपीओ बिक्रीमा आयो, कहिलेदेखि कहाँबाट आबेदन गर्ने ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष ७ गते, शुक्रबार ११:३०

प्रिमियर ईन्स्योरेन्स(PIC)ले साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) बिक्रीमा ल्याउने आब्हान पत्र प्रकाशित गरेको छ । कम्पनीले एक सय रुपैयाँको अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थपेर ७९९ रुपैयाँमा सेयर बिक्रीमा ल्याएको हो ।

उसको सेयरमा पुस १६ गतेदेखि पुस १९ गतेसम्म आफ्नो खाता रहेका बैंकमा गई न्युनतम १० कित्तादेखि अधिकतम ३२९० कित्तासम्मका लागि आबेदन दिन सकिने छ ।

दोस्रो बजारमा यस कम्पनीको साधारण सेयरको मूल्य १५०० रुपैयाँ हाराहारीमा रहेको र गत बर्षको लाभांश पनि बितरण हुन बाँकी रहेकोले एफपीओमा आबेदन फाईदाजनक नै हुनसक्छ तर अधिक आबेदन पर्ने हुँदा १० कित्ता भन्दा बढीको आबेदनले खासै उपलब्धि हाँसिल नहुनसक्छ ।

कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । ४४ करोड चुक्ता पूँजी रहेको कम्पनीले गत बर्ष १८ करोड खुद नाफा गरी ४० रुपैयाँ प्रतिसेयर आम्दानी गरेको थियो । उसको जगेडा कोषमा १२ करोड, बीमा कोषमा ३२ करोड र भुक्तानी हुन बाँकी दावी रकम एक अर्ब ३९ करोड रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु