एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

स्थानीय संरचनामा अपाङ्गताका सवाल र समावेशीता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष ७ गते, शुक्रबार ११:३२

शर्मिला विश्वकर्मा/काठमाण्डौं-नेपाल अपाङ्ग महिला संघको आयोजना तथा सि.वि.एम.को सहयोगमा स्थानीय संरचनामा अपाङ्गताका सवाल र समावेशीता विषयक अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा सम्पन्न भयो । उक्त कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी कार्यक्रम संयोजक लक्ष्मी न्यौपानेले सबैलाई स्वागत गर्दै सबै स्थानीय संरचनामा अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई कसरी समावेश गर्न सकिन्छ भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरेको बताउदै सबै नीति नियममा अपाङ्गताका सवाल समावेश गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

उक्त कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव डोरेन्द्र निरौलाले अपाङ्गा भएका व्यक्तिहरुको लागि १० वर्षे कार्ययोजना ल्याएको । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐनलाई अपाङ्गता मैत्री नियमावली बनाउने तर्फ काम गरिरहेको बताउनु भयो भने नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालले स्थानीय संरचनामा अपाङ्गताका सवाल र समावेशीता विषयमा कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गता भएका व्यक्तिहरुलाई सभ्यभाषा प्रयोग गर्दौ सम्मानजनक रुपमा हेर्नु पर्ने बताउनु भएको थियो ।

सो कार्यक्रममा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका शाखा अधिकृत रविन्द्र आचार्यले नेपालमा स्थानीय सरकारको संरचना अपाङ्गता भएका व्यक्तिहरुको स्थान र भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी सि.वि.एम.का वरिष्ठ कार्यक्रम अधिकृत पदम महरले सबै स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता हुनु पर्ने बताउनु भयो भने माइराइट नेपालका राष्ट्रिय संयोजक शिव रायमाझिले सबै निकायमा अपाङ्गता मैत्री वातावरण र सेवा सुविधा लिन सक्ने व्यवस्था हुनु पर्ने बताउनु भयो ।

त्यसै गरी कार्यक्रमका प्रमुख अतिथि एवं बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले आफुले बनाउने सबै संरचनाहरु अपाङ्गता मैत्री बनाउदै उनीहरुका लागि पनि कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको थियो । त्यसै गरी गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालले आफ्नो नगरपालिकाबाट अपाङ्गता भएका व्यक्तिहरुको लागि सक्दो सहयोग गर्ने बताउनु भयो भने सुर्यविनायक नगरपालिकाक उपमेयर जुना बस्नेतले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको हितमा काम गर्न आफु प्रतिवद्ध रहेको बताउनु भयो ।

सो कार्यक्रममा नेपाल नेत्रहिन संघका निर्देशक नरबहादुर लिम्बुले अपाङ्गताका सवाललाई विकाससँग जोड्नु पर्ने बताउनु भयो भने नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदिश प्रसाद अधिकारीले सबै स्थानीय निकायहरुका कार्यक्रमहरुमा अपाङ्गताका सवाललाई समावेश गर्दै काम गर्नु पर्ने कुरामा जोड दिनु भयो । सो कार्यक्रममा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले स्थानीय निकायहरुका कार्यक्रमहरुमा अपाङ्गता मैत्री भौतिक संरचनास्वास्थ्यसहायक सामाग्री लगाएतका सवाल समावेश गरेर काम गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । सो कार्यक्रमको सञ्चालन नेपाल अपाङ्ग महिला संघकी महासचिव मिना पौडेलले गर्नु भएको थियो ।  

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु