स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

चलचित्र ‘हैरान’को डबिङ सकियो, सत्यराज भन्छन् ‘२५ हजारको पान खाए’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष ७, शुक्रबार ११:४४

विश्वकै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भइरहेको ‘हैरान’को डबिङ सकिएको छ । चलचित्रका गायक तथा अभिनेता सत्यराज आचार्यले डबिङ गरेसँगै चलचित्रको डबिङको सम्पूर्ण काम सकिएको निर्माण पक्षले बताएको छ । यति बेला निर्माण टिम डबिङ गरेपछि अन्य प्राविधिक कार्यमा जुटेको छ ।

‘लभ यु बाबा’बाट निर्देशनमा डेव्यु गरेका सौगातको यो दोस्रो चलचित्र हो । अघिल्लो चलचित्रमा बाबु छोरी बिचको प्रेमलाई देखाइएको थियो भने यस पटक  सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । चलचित्रको डबिङ र सुटिङको क्रममा कलाकार सत्यराज आचार्यले करिब २५ हजारको पान मात्र खाएको बताए । ‘चलचित्र ‘हैरान’मा आफू पनि हैरान भए ।

पात्रको लागीमात्र मैले २५ हजार बढीको पा मात्र खाए ।’ आफूलाई मन परेको भूमिकामा काम गर्न पाउँदा दङ्ग रहेका सत्यले चलचित्र अवधिभर रमाइलो गरेको बताए । चलचित्रमा सत्यराजसँगै गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

डान्स फेभरको ब्यानरबाट निर्माण भएको चलचित्रमा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर बाइ एल लामाले संयुक्त लगानी गरेका छन् । गम्भीर विष्टको कथा र कोरियोग्राफी रहेको चलचित्रमा द्वन्द्व चन्द्र पन्तm, सङ्गीत सत्यराज आचार्य, स्वरुपराज आचार्य, करिण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ । निर्माता तथा कलाकार गजित विष्टको अनुसार चलचित्र यही चैत्र या वैशाखमा रिलिज हुने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु