नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

समानुपातिकतर्फको नतिजा आयो, कुन दलले कति सीट जिते ? हेर्नुस् सूची

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष ७ गते, शुक्रबार १३:११

काठमाडौँ – प्रदेशसभातर्फ समानुपातिक निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । निर्वाचन आयोगले शुक्रबार अपराह्न सार्वजनिक गरेको नतिजामा दुई नम्बर प्रदेशबाहेक सबै प्रदेशमा एमाले पहिलो दल बनेको हो ।

आयोगका अनुसार नेकपा एमालेले ७५, नेपाली कांग्रेस ७२, माओ‌वादी केन्द्र ३५, संघीय समाजवादी फोरम १३, राष्ट्रिय जनता पार्टी १२ सिट पाएका छन्।

यसैगरी राप्रपा र विवेकशील साझा पार्टी ३/३, जनमोर्चाले २, नयाँ शक्तिले १ सिट र नेमकिपाले १ सिट प्राप्त गरेका छन् ।

समानुपातिकतर्फ सातै प्रदेशमा कुल २२० सिटः

प्रदेश नम्बर १ : एमाले– १५, कांग्रेस– १३, माओवादी– ५, संघीय समाजवादी फोरम– ३, राप्रपा– १, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च– १ सीट ।

प्रदेश नम्बर २ : कांग्रेस–११, राजपा– १०, संघीय समाजवादी फोरम– ९, एमाले– ७, माओवादी केन्द्र– ५, नेपाल संघीय समाजवादी पार्टी– १ सीट ।

प्रदेश नम्बर ३ : एमाले– १६, कांग्रेस– १४, माओवादी– ८, विवेकशील साझा पार्टी– ३, नेमकिपा– १, राप्रपा– १, राप्रपा प्रजातान्त्रिक– १ सीट ।

प्रदेश नम्बर ४ : एमाले– १०, कांग्रेस– ९, माओवादी– ३, राष्ट्रिय जनमोर्चा– १, नयाँ शक्ति– १ सीट ।

प्रदेश नम्बर ५ : एमाले– १३, कांग्रेस– १२, माओवादी– ६, संघीय समाजवादी फोरम– २, राजपा– १, राष्ट्रिय जनमोर्चा– १ सीट ।

प्रदेश नम्बर ६ : एमाले– ६, कांग्रेस– ५, माओवादी– ४, राप्रपा– १ सीट ।

प्रदेश नम्बर ७ : एमाले–८, कांग्रेस– ८, माओवादी– ४, राजपा– १ सीट ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु