ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

बस दुर्घटनामा परी भारतमा २७ जनाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष ८, शनिबार ०७:११

नयाँदिल्ली- भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।शनिबार बिहान भएको दुर्घटनामा परी अन्य २० जना घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् ।उनीहरुका अनुसार राजस्थानको प्रान्तीय राजधानी जयपुरबाट १५० किलोमिटर टाढा पर्ने सवै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा नदिमा खसेर सो बस दुर्घटना भएको हो ।

बनास नदिमा खसेको उक्त बसमा ५० जना यात्रुले यात्रा गरिरहेको जनाइएको छ । नदी माथी बनाइएको पुल तर्ने बेलामा बस नदीमा खसेको हो । तिव्र गतिमा रहेको बस चालकले नियन्त्रण गुमाएर नदीमा खसेको वरिष्ठ प्रहरी अधिकारीहरुले बताएका छन् । नदीबाट २० जनाको शव बाहिर निकालिएको र घाइते मध्ये सात व्यक्तिको मृत्यु भएपछि सो सङ्ख्या २७ पुगेको हो । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा उपचार भईरहेको छ । घाइतेहरु मध्ये केहीको् अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।-रासस

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु