• अमेरिकी उपराष्ट्रपति अफगानिस्तान भ्रमणमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ पुष २०७४, शनिबार ०७:१५

    काबुल- अमेरिकाका उपराष्ट्रपति मिक पिन्स क्रिसमसको पूर्वसन्ध्यामा अमेरिकी सैनिकसँग भेटघाटका लागि अफगानिस्तान पुग्नुभएको छ ।भ्रमणको क्रममा उप राष्ट्रपति पिन्सले बिहीबार राति अफगान राष्ट्रपति असरफ घानीसँग भेटघाट गरी विभिन्न पक्षमा छलफल गर्नुभएको एक स्रोतले सिन्ह्वा समाचार समितिलाई बताएको छ ।

    उहाँहरुबीच काबुल र वासिङटनबीचको सामरिक साझेदारी, अफगानिस्तानको सुरक्षा लगायतका उपयोगी विषयमा छलफल भएको बताइएको छ ।आतङ्कवादले तहसनहस पारेको देश अफगानिस्तानमा उच्चस्तरीय विदेशी अधिकारीहरु अघोषित रुपमा भ्रमण गर्ने गर्दछन् ।-रासस

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु