एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

ताइवानमा ९ घण्टासम्म लाग्यो इन्द्रेणी, गिनिज रेकर्ड तोड्ने अपेक्षा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष ८ गते, शनिबार ०७:४१

एजेन्सी– इन्द्रेणी हेर्न मन नपराउने को होला? प्रायःजसो यो क्षणिक हुन्छ, धीत मर्न नपाइ हराइहाल्छ। तर चाइनिज कल्चर युनिभर्सिटी ताइपेइका प्राध्यापक र विद्यार्थीले भने गत साता ९ घण्टाका लागि इन्द्रेणी हेर्ने मौका पाएका छन्।‘यो अद्भूत थियो, हामीले आकाशबाट उपहार पाएजस्तो महसुस गर्‍यौँ,’ विश्वविद्यालयका प्राध्यापक चोउ कुन सुआन भन्छन्।

सो इन्द्रेणी ३० नोभेम्बर बिहान ६ः५७ देखि अपरान्ह ३ः५५ सम्म ८ घण्टा ५८ मिनेट देखिएको थियो। यसको पुष्टि भए सबैभन्दा लामो समय लागेको इन्द्रेणीको गिनिज रेकर्ड यसले तोड्नेछ। यसअघि १४ मार्च १९९४ मा बेलायतको योर्कसायरमा लागेको इन्द्रेणीको नाममा सबैभन्दा लामो इन्द्रेणीको गिनिज रेकर्ड कायम छ।

त्यो इन्द्रेणी ६ घण्टा लागेको थियो। सो विश्वविद्यालयको वायुमण्डलीय विज्ञान विभाग अहिले गिनिज रेकर्डका लागि प्रमाण जुटाइरहेको छ। इन्द्रेणी लागेको अवधिमा विभागमा रहेका व्यक्तिले मात्रै १० हजार भन्दा बढी फोटो लिएका थिए।‘यो इन्द्रेणी नौ घण्टा लागेको थियो भनेर हामी सेकेण्डको हिसाबले गिनिजमा प्रमाणित गर्न सक्छौँ,’ प्राध्यापक चोउ भन्छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु