डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

अनमोको पाचैँ फिल्म ‘क्याप्टेन’मा मुख्य नायिका उपासाना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष ८, शनिबार ०९:२८

काठमाडौं । फिल्म ‘क्याप्टेन’का लागि युवा स्टार अनमोल केसी र उपासाना सिंह ठकुरी मुख्य नायिकाको रुपमा खेल्ने भएकी छन् । तर, निर्माण टीमबाट प्राप्त जानकारी अनुसार उपासना फिल्मका लागि कन्फर्म भने भइसकेकी छैनन् ।

निर्देशक दिवाकर भट्टराई भने नायिका तय भएको विषयमा केही खुलाउन नमिल्ने बताए । विकास वोर्डमा दर्ता गरिएको फारममा भने फिल्मको नामदेखि निर्माण कम्पनी, मुख्य कलाकार र कथाकारको नाम उल्लेख छ । भुवन केसी र अनमोल केसीको निर्माता रहेको फिल्ममा सामिप्यराज तिमल्सिनाको कथा रहनेछ । मुख्य कलाकारको रुपमा अनमोल र उपासना रहेका छन् । स्रोतका अनुसार, ‘क्याप्टेन’मा अनमोलका लागि खोजिएका अन्य युवतीभन्दा निर्माण टीमले उपासनालाई मनपराएको छ ।

फागुन तेस्रो साताबाट छायाँकन सुरु हुने क्याप्टेन लाई आउँदो सालको तीजमा प्रदर्शन गर्ने भनिए पनि रिलिज मिति भने उल्लेख गरिएको छैन । यो अनमोलको पाचैँ फिल्म हो । उनी अभिनित  चौथो फिल्म ‘कृ’ माघ २६ देखि प्रदर्शनमा आउँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु