पहिलो दिन नै ‘टाइगर जिन्दा हे’ ले तोड्यो रेकर्ड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष ८ गते, शनिबार १०:००

नयाँ दिल्ली । क्रिसमस तथा नयाँ वर्षको अवसर पारेर रिलिज भएको सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’ ले पहिलो दिन नै बक्स अफिसमा एउटा नयाँ रेकर्ड बनाएको छ ।
मिडिया रिपोर्ट्सका अनुसार चलचित्रले पहिलो दिन नै झण्डै ३८ करोड भारतीय रुपैयाँ कमाएको छ । यस वर्ष सलमान खानले बक्स अफिस र दर्शक दुवैलाई नयाँ वर्षमा खुशी बनाउने अपेक्षा गरिएको छ । चलचित्रको समीक्षा पनि सकारात्मक नै आइरहेकाले चलचित्रको प्रदर्शन राम्रै हुने आंकलन गर्न सकिन्छ ।
दर्शकहरुले चलचित्रको एक्सन, रोमान्स, कथा, क्लाइमेक्स एकदमै मन पराएको बताउँछन् । यो चलचित्र पाँच वर्षअघि रिलिज भएको चलचित्र ‘एक था टाइगर’ को सिक्वेल हो । जसले बक्स अफिसमा ३०० करोडभन्दा बढी व्यापार गर्दै आमिर आनको चलचित्र ‘गजनी’ को रेकर्ड तोडेको थियो ।
सलमान खानको पारिश्रमिकलाई छोडेर ‘टाइगर जिन्दा हे’ को बजेट १५० करोड भएको बताइन्छ । अली अब्बास जफरको निर्देशन रहेको यस चलचित्रमा कटरिना कैफ सलमानको को–स्टारको रुपमा अभिनय गरेकी छिन् । चलचित्रमा उनले एक पाकिस्तानी आइएस एजेन्टको भूमिका निर्वाह गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु