भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

अबको बाँकी जीवन युवामा प्रकाश छर्न समर्पित गर्छुः पूर्व प्रधानमन्त्री प्रचण्ड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष ८ गते, शनिबार १०:१७

पुनहरि बेल्बासे/रुपन्देही -पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले सम्म देशको विकासका लागि विभिन्न लडाइ गरेको र अबको जीवन देशका युवाहरुमा उज्यालो मुहार फर्नमा समर्पित गर्ने बताउनुभएको छ । भैरहवामा जेसिजको ४४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्ने क्रममा प्रचण्डले स्वर्गीय छोरा प्रकाश दाहालको स्मरण गर्दै नेपालका सम्पूर्ण युवा युवती आफ्नै छोराछोरी सरह रहेको बताउँदै विदेशमा गएर पसिना बगाएका छोराछोरीलाई अबको दस वर्ष भित्र स्वदेशमै रोजगारी दिने वातावरण मिलाउने बताउनुभएको छ ।

उहाँले भन्नुभयो “संसारमै दुर्लब खानी नेपालमा रहेको र विकासको लागि प्रचार प्रसार मात्रै गरे पुग्ने भएकोले देशको विकासका लागि संघीयता, समानुपातिक रुपमा देशको विकास हुन्छ । नेपालको संविधान विश्वमै उत्कृष्ट छ, प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन पनि सम्पन्न भई सक्यो अब अग्नी परीक्षा शुरु भएको छ, विश्वले नेपाललाई हेरिरहेको छ । देशका युवायुवतिलाई उद्यमशील बनाउँदै आर्थिक समृद्धि तर्फ लैजान्छौं ।”

लुम्बिनीलाई केन्द्रित गर्दै प्रचण्डले अशोक सम्राट पनि क्रान्तिका लिडर रहेको र पछि शान्तिको खोजीमा बुद्धका सन्देशहरु छर्दै हिँडेकोले अबको बाँकी जीवन देशमा शान्ति छर्न बिताउने बताउनुभयो । लामो समयदेखि मुलुक राजनैतिक अस्थिरताले गुज्री रहेकोले विकास निर्माणका कामले गति लिन नसकेको बताउँदै अब मुलुक आर्थिक सम्मृद्धि कोल्टो फेरेको स्वास्थ्य मन्त्री दीपक बोहोराले बताउनुभयो ।

“जेसिजको राष्ट्रिय महाधिवेशन विश्वको शान्ति क्षेत्र लुम्बिनी परिसरमा भएकोले जेसिज शिक्षाबाट राजनैतिक दलले पाठ सिक्दै व्यक्तिको होइन विधिको शासन गर्नु पर्छ” मन्त्री बोहोराले भन्नुभयो । खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकले देशमा विधिको शासन हुन नसक्दा समस्याको भूमरीमा फसेको बताउँदै मुलुकलाई आर्थिक सम्मृद्धि तर्फ लैजान विधिको शासन आवश्यक रहेको र १८ वर्ष देखि ४० वर्ष सम्मका युवाहरुलाई सीपमुलक तालिम दिई स्वदेशमै रोजगारी सिर्जना गरिनु पर्ने बताउनुभयो ।
नेपाल जेसीजको ४४ औं महाधिवेसन पुस ८, ९ र १० सम्म भैरहवामा चल्ने आयोजक तथा कार्यक्रम निर्देशक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु