स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

इराकबाट यस्तो अवस्थामा फर्किइन नेपाली चेली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष ११, मंगलवार ०७:५६

धरान । पतिले छाडेपछि आर्थिकरुपमा आत्मनिर्भर भएर छोरीलाई उच्च शिक्षा पढाउने सपना बोकेर इराक पुगेकी ३४ वर्षीया शान्ता राई अपाङ्ग भएर फर्केकी छिन् । मुस्किलले ज्यान बचाएकी शान्ताको उपचार गत आइतबारदेखि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भइरहेको छ ।

३ वर्ष अघि वैदेशिक रोजगारीको सिलसिलामा इराक पुगेकी गोगने–७, भोजपुरकी ३४ वर्षीया शान्ता घर मालिकको यातनाबाट मुत्यु हुनबाट जोगिएर अपाङ्ग अवस्थामा खाली हात फर्केकी हुन्। उपचार गराइरहेकी शान्ताका अनुसार घरमालिकले आइफोनले टाउकोमा हानेको समेत थाहा भएको त्यसपछि बेहोस भएर करिब दुईहप्ता पछि स्थानीय अस्पतालकै आइसीयुमा होस् खुलेको दाबी गर्दै आएकी छिन्।

अस्पतालमा होस खुलेपछि शान्तालाई इराकमै कार्यरत सुरज भनिने नेपाली व्यक्तीले इराकको अर्बिलास्थित हउलियरमा घरमालिकले हत्या गर्ने उदेश्यले चरम यातना दिएको अवस्थामा फेला पारी अस्पतालमा भर्ना गरेर बचाएको बताएका थिए। घरमालिकले दुवै खुट्टा भाँचेर मेरुदण्डमा समेत समस्या आउने गरी यातना दिएको शान्ताले बताइन्।

घरमालिकले कुटपिट गरेर दुवै खुट्टा भाँचिदिएको, मेरुदण्डमा गहिरो चोट पारेको अवस्थामा उनले आफूलाई अस्पतालको शैय्यामा पाइन्। उनले भनिन्, ‘मलाई घरमालिकले शारिरिक, मानसिक यातना दिए। विना कारण मरणासन्न हुने गरी कुटेर आज यस्तो बनाए। धन्न मलाई त्यही कार्यरत नेपालीहरुले बचाएर नेपाल फर्काए।’ घरमालिकले आफूलाई कुटपिट गरेको विषयमा नजिकै रहेका अन्यले थाहा पाएपछि प्रहरीलाई खबर गरेकाले उपचार भएको नत्र उतै मर्नुपर्ने अवस्था रहेको उनले बताइन्।

तीन वर्षअघि उनलाई स्याङजाका राम भनिने बलबहादुर थापा मगर र उनकी श्रीमति शशी घलेले इराक पुर्‍याउने काम गरेका थिए। बलबहादुर र शशी हाल फरार छन्। विदेशमा रहेका नेपालीहरुको सहयोगमा धरानसम्म आएकोमा सबैलाई धन्यवाद दिँदै अब उपचारमा पनि सहयोग पाए बाँच्ने आशा पलाएको बताइन्।

उनले पतिले छाडेपछि छोरीको भविष्यका लागि आफू बाध्य भएर वैदेशिक रोजगारीमा इराक पुगेको बताइन्। उनले भनिन्, ‘विदेशमा महिला कामदार असुरक्षित भएको आफूले भोगेपछि थाहा भयो। मालिकको पटक–पटकको शारीरिक, मानसिक सबैखाले यातना सहदै आए पनि नेपाल फर्कन्छु वा अर्को ठाउँमा काम गर्न जान्छु भन्दा घरमालिकले कुटपिट गरी अंगभंग बनाइ दिए।’

धरानमा बस्दै आएकी शान्ताकी बहिनी ममताले पुष ८ गते दिदीलाई विराटनगर विमानस्थलबाट धरान ल्याएर उपचार सुरु गरेको बताइन्। उपचारमा संलग्न प्रतिष्ठानका हाडजोर्नीका चिकित्सक प्राडा गुरु खनालका अनुसार शान्ताको दुवै खुट्टामा स्टिल लगाइएको छ। उनको मेरुदण्डमा समेत चोटपटक देखिएकाले थप उपचारको आवश्यक रहेको छ। थप उपचारका लागि पर्याप्त रकम नहुँदा बिरामी र उनका आफन्त चिन्तित भएका छन्।– कान्तिपुर दैनिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु