एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

जेसीजको राष्ट्रिय अध्यक्षमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष ११ गते, मंगलवार १२:१८

नवलपरासी-नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित भएका छन् । सिद्धार्थ जेसीज भैरहवाँ रुपन्देहीको आयोजनामा मंगलबार सम्पन्न नेपाल जेसीजको ४४ आंै महाधिवेशनबाट बस्याल जेसीजको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । सन् २०१८ का लागि सक्षम र कुशल नेतृत्व छान्न भएको उक्त महाधिवेशनमा रामग्राम जेसीजको वर्ष २००९ का अध्यक्ष एवं नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष बस्याल र ईटहरी जेसीजका पुर्व अध्यक्ष एवं नेपाल जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष महेश पौडेल बिच कडा प्रतिस्पर्धा रहेको थियो ।

बस्यालले ६ सय ४८ मत प्राप्त गर्दै ९ मतान्तरले आफनो निकटतम प्रतिद्धन्द्धी पौडेललाई पराजित गरेका हुन् । करिब १ हजार ६ सय मतदाता रहेको महाधिवेशनमा सोमबार १० गते राती भएको मतदानमा १ हजार २ सय ७८ मत खसेको थियो । ईलेक्ट्रोनिक मेचिनद्धारा गराइएको मतदान नेपाल भरिका १ सय ३६ जेसीज शाखाका मतदाताहरुले मतदान गरेका थिए ।

भैरहवाँको महेन्द्र सभागृहमा पौष ८ गते महाधिवेशनको उद्दघाट शत्र शुरु भई मंगलबार ११ गते विहान मात्र निर्वाचन सम्पन्न भएको निर्वाचन समितीले जनाएको छ । अध्यक्ष बस्यालको नेतृत्वमा चयन भएको कार्यसमितिमा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा रेश्मी सिल्पकार, पदम बहादुर सिंह, अशोक शंकर, विकास मानन्धर गरि ४ जना निर्वाचति भएका छन् भने राष्ट्रिय उपाध्यक्ष पदमा बिजय घिमिरे, बिजय गुरुङ्ग, श्यामसुन्दर पौडेल, टेकराज रेग्मी, रन्जना चापागाई, गोविन्द देवकोटा, रश्मी निरौला, अमित ढकाल, जनकराज घिमिरे, सुमित शर्मा, राजेन्द्र घिमिरे, रबिन पोख्रेल गरि १२ जना निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । उक्त समितिले निर्वाचन पश्चात नव निर्वाचति अध्यक्ष र विभिन्न पदाधिकारीहरुलाई सपथ ग्रहण गराई प्रमाण पत्र समेत प्रदान गरिसकेको छ ।

त्यसैबिच नव निर्वाचत बस्यालले कार्यसमितिलाई पुर्णता दिनका लागि एक जना महासचिव, एक जना कोषाध्यक्ष र एक जना कानुनी सल्लाहार पनि मनोनित गरि पहिलो बैठक पनि बसेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु