दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

राष्ट्र बैंकको अनुमतिबिना बै‌ंक र वित्तीय संस्थाले विदेशी पुरस्कार लिन नपाउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १२, बुधबार ०८:५४
राष्ट्र बैंकको अनुमतिबिना बैंक तथा वित्तीय संस्थाले विदेशी निकायबाट पुरस्कार वा सम्मान थाप्न नपाउने भएका छन्। राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरी यस्तो निर्देशन दिएको हो। केही वर्षयता बैंक तथा वित्तीय संस्थाले मनपरी ढंगले विदेशी निकायबाट पुरस्कार र सम्मान थाप्ने क्रम बढेपछि राष्ट्र बैंकले पुरस्कार र विदेश भ्रमणमा कडाइ गरेको हो। ‘बैंक तथा वित्तीय संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक सहायता, चन्दा वा अन्य कुनै पनि प्रकारको शुल्क वा वित्तीय योगदान गरेको आधारमा मात्र सोको प्रतिफलस्वरूप कुनै पनि विदेशी निकायबाट पुरस्कार वा सम्मान ग्रहण गर्न नपाइने,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।
पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाले विदेशी निकायबाट पुरस्कार वा सम्मान लिने र त्यसकै आधारमा उत्कृष्ट बैंकका रूपमा प्रचार गरी व्यवसाय विस्तार गरिरहेकाले नियन्त्रणका लागि राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको हो। विदेशी निकायबाट पुरस्कार वा सम्मान लिनैपर्ने अवस्था आए राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनुपर्ने परिपत्रमा उल्लेख छ। कुनै पनि विदेशी निकायबाट पुरस्कार वा सम्मान ग्रहण गर्नुपर्दा यस बैंकको पूर्वस्वीकृति लिनुपर्नेछ,’ निर्देशनमा उल्लेख छ, ‘यसरी स्वीकृति लिँदा पुरस्कार वा सम्मान प्रदान गर्ने विदेशी निकायको वैधानिक हैसियत एवं आधिकारिकता पुष्टि हुने कागजात यस बैंकमा पेश गर्नुपर्नेछ।’-कान्तिपुर दैनिक
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु