स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

खेलकुदको विकासमा जुस्तोसुकै साथ र सहयोग गर्न तयार छु ः मन्त्री केसी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १२, बुधबार ११:५६

काठमाडौं। नेपाली काँग्रेसका यूवा नेता एवम् खेलकुदमन्त्री राजेन्द्र कुमार केसीले नेपाली खेलकुद क्षेत्रको विकास अनिवार्य रहेको भन्दै यसको प्रतयक्ष सम्बन्ध राष्ट्रियतासँग जोडिएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय अपाङ्गता अनुसन्धान तथा विकास केन्द्र काठमाडौंले आयोजना गरेको खेलाडिहरुको सम्मान कार्यक्रमा बोल्दै मन्त्री केसीले यस्तो बताएका हुन। अन्तर्राष्ट्रिय त्रिकोणात्मक ह्विल चियर क्रिकेट प्रतियोगीतामा प्रथम हुन सफल नेपाली टोलीका ४५ जना खेलाडीहरुलाई सम्मान गर्दै मन्त्री केसीले आगामी दिनमा नेपाली खेलकुदको विकासमा जुस्तोसुकै साथ र सहयोग गर्न तयार रहने विश्वास दिलाए ।

ह्विल चियर क्रिकेट प्रतियोगिताका विजयी खेलाडीलाई सम्मान

उनले भने,‘अन्तर्राष्ट्रिय त्रिकोणात्मक ह्विल चियर क्रिकेट प्रतियोगिता–२०१७ मा नेपाली टोली विजयी भएको छ, खेलाडीहरुमात्रै विजयी भएका छैनन्, हाम्रो देशले जितेको छ, यस अवसरमा सबै खेलाडीहरुलाई हार्दिक धन्यवाद दिन्छु, अहिले मन्त्री छु नयाँ बन्ने सरकार पछि मन्त्री नबनेपनि पाँच वर्षको लागि सांसद बनेको छु मेरो हरहमेसा साथ र सहयोग रहन्छ।’
केसीले शारीरिक रुपमा अपाङ्ग भए पनि ह्विल चियर क्रिकेट प्रतियोगितामार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भएको भन्दै विजयी खेलाडीहरुलाई धन्यवाद व्यक्त गरे । ‘ह्विल चियर खेलाडी नेपालमा पनि रहेका छन् है भन्ने कुरा यो खेलले प्रमाणित गरेको छ,” उनले भने । मन्त्री केसीले ह्विल चियर खेलाडीलाई मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै “तपाईंहरु अगाडि बढ्नुहोस्, मन्त्रालय तपाईंहरुको सहयोगका लागि तयार छ,” भने ।

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले अपाङगता भएका व्यक्तिहरुलाई राष्ट्रिय सभामा सहभागी गराउनुपर्ने माग गरेका छन् । उनले भने,‘अपाङगता भएका खेलाडीहरुलाई उचित सम्मान गर्नुपर्छ, उहाँहरुले हाम्रो मुलुकलाई अन्र्तराष्ट्रिय जगतमा चिनाउनुभएको छ, उहाँहरु हामी सम्पूर्ण नेपालीहरुको गहना हो।’
अपाङ्गता भएका मानिसहरुको सुरक्षा र व्यवस्थाको लागि रिपोर्टर्स क्लब नेपालले कुनै पनि साथ सपोर्ट गर्ने काममा पछि नपर्ने जानकारी दिए । उनले भने,‘हामीले विगत देखि अहिलेसम्म भन्दै आएका छौ, संसदमा अपांगता भएका मानिसहरुको उपस्थिति हुनुपर्छ, उहाँहरुका अधिकारहरुलाई सम्बोधन गर्नुपर्छ, खेलकुदमन्त्री राजन केसीलाई अनुरोध गर्छु राष्ट्रिय सभामा अपांगता भएका मानिसहरुको उपस्थिति होस्।’

ग्रिन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले सफा सहरदेखि अपाङगता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य जाँचसम्मका काममा आफ्नो संलग्नता रहने विश्वास दिलाए ।
उनले भने,‘सुर्तीजन्य कागजहरु उठाउनेदेखि रिचार्जकार्डहरुको संकलन गरेर सरसफाईको अभियान अघि बढाएको बताए ।
समाजसेवी टन्डनले आगामी दिनहरुमा समाजको हित हुने कार्यमा सहभाति हुने बताउदै अन्तर्राष्ट्रिय त्रिकोणात्मक ह्विल चियर क्रिकेट प्रतियोगीतामा प्रथम हुन सफल नेपाली टोलीका ४५ जनाको तत्काल निशुल्क रुपमा स्वास्थ्य जाँच गर्ने बताए ।
त्यस्तै राष्ट्रिय अपाङ्गता अनुसन्धान तथा विकास केन्द्र काठमाडौका अध्यक्ष निलकण्ठ पौडेलले सरकारले अपागंता भएका व्यक्तिहरुलाई उचित स्थान दिनुपर्ने माग गरे ।

उनले भने,‘राष्ट्रिय सभाको गठन प्रक्रियामा छ, त्यो सभामा हाम्रो प्रतिनिधित्व हुनुपर्छ, त्यसको लागि सबै दलहरुले सोच्नुपर्छ, हाम्रो मागहरु सम्बोधन गर्नको लागि राजनीतिक दलहरु र पत्रकार साथीहरुले साथ दिनुपर्छ, हामीले मुलुकको लागि थुप्रै कामहरु गरेका र्छौं, अपागताहरुले देशको नाम उचो पार्नको लागि हामीले आफ्नो क्षमताको प्रदर्शन गरेका छौँ, सरकारले हामीलाई पनि यसको उचित मूल्याङ्कन गर्नुपर्छ।’

 

पत्रकार धमला सम्मानित
कार्यक्रममा मन्त्री केसीले पत्रकार ऋषि धमलाले अपाङ्गताको वृद्धिविकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग, साथ र समर्थन गरेकोले उच्च मुल्यांकन गर्दै सुन्दर भविष्यको कामनासहित प्रशंसापत्र प्रदान गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु