तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

प्रथम  भक्तपुर जिल्ला स्तरिय बोसिया प्रतियेगिता सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १३, बिहीबार ०७:५५

भक्तपुर जिल्लामा रहेका बाल मस्तिष्क पक्षाघात भएका तथा बहु अपांगता भएका व्यक्तिहरुका लागि प्रथम भक्तपुर जिल्ला स्तरिय बोसिया प्रतियोगिता हालै सम्पन्न भयो । सि बि आर भक्तपुरद्धारा आयोजित सो बोसिया खेलको लागि नेपाल बोसिया संघबाट प्राविधिक सहयोग गर्नुभएको थियो भने आर्थिक सहयोग इरिक फिजीयोथेरापी तथा काउन्सिलिङ सेन्टर भक्तपुरले गरेको थियो । १२ वटा बिद्यालयबाट  ५० जना  खेलाडी सहभागिता रहेको सो खेलमा स्वर्ग बाल गृह भक्तपुरका खेलाडीहरु  प्रथम  सुस्तमनस्थति कल्याण बिद्यालयका खेलाडीहरु दोस्रो त्यस्तै गरेर दिवा कक्षा केन्द्रका खेलाडीहरु तेस्रो हुनुभएको थियो ।

 बिजयी खेलाडीहरुलाइ महिला बाल बालिका अधिकारी  निला कुमारी घिमिरेबाट पुरस्कार बितरणगर्नुहुदै यो खेलले भक्तपुरमा रहेका बहुअपाङ्गता  मस्तिष्क पक्षाघात र मस्कुलर डिस्ट्रोफि भएका व्यक्तिहरुको स्वस्थ जीवनमा सकारात्मक परिवर्तन  ल्याउने बताउनुभयो ।उक्त कार्यक्रममा नेपाल बोसिया संघका अध्यक्ष गोमा देवी पौडेल  सि वि आर भक्तपुरका  प्रमुख रमेशलाल श्रेष्ठ लगायतले बोसिया खेल बिकासमा हामी सबै मिलेर अगाडि लानु पर्ने र खेलकुद सबैका लागि आवश्य रहेको बताउनुभयो  । मानव बिद्यागृहका प्रिन्सिपल बाबुकृष्ण रन्जितले सन्चालन उक्त कार्यक्रमको स्वागत सि वि आर संस्थाकी बिद्याराज भण्डारीले गर्नुभएको थियो ।

प्रथम  स्वर्ग बाल गृह

  1. ​​​रुची गोठे
  2. ​​​बिनिता गौतम
  3. ​​​समिता श्रेष्ठ

द्धितिय ससुस्तमनस्थति कल्याण बिद्यालय

  1. ​​​नबिन लामा
  2. ​​​सुदिप प्रजापति
  3. ​​​संगिता सिल्पकार

तृतिय दिवा कक्षा केन्द्र  दुवाकोट

  1. ​​​शशि गौतम
  2. ​​​राजेश थापा
  3. ​​​अजित थापा
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु