काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्कानेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन सफलतापूर्वक सम्पन्न पारस मणि मिश्र अध्यक्षमा निर्वाचित, राजदूतावास स्थापनामा पहल गर्ने निर्णयदक्षिण एसियाली युथ टेबलटेनिस बिहीबारदेखिजुडो टोली थाइल्यान्ड प्रस्थानसर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमाआमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै नेपाल हाउस बेकरीबाट विशेष केक अफरआयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति

ईश्वर थापाको आगो बाल्ने न्यूयोर्कवाली बसन्ती (भिडियो सहित )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १३ गते, बिहीबार ०८:३५
काठमाडौ। नयाँ बर्ष सन् २०१८ को शुभकामना सहित क्रिसमसको अवसर पारेर क्यानाडावाट नयाँ अत्याधुनिक नेपाली गीतको भिडियो रिलिज भएको छ। अन्तरराष्ट्रिय नेपाली कलाकार ईश्वर थापाको निर्माण तथा निर्देशन र सम्पादनमा जाडोमा आगो बाल्ने न्यूयोर्कवाली बसन्ती बोलको डान्सिङ गीतको भव्य रिलिज भएको हो। ड्रिम्सगेट नेपाल युट्युब च्यानलवाट विश्वभर एकसाथ रिलिज भएको उक्त गीतको भिडियोमा गायन गायक जगदीश समाल र गायिका सपनाश्रीको रहेको छ।
संगीत ओमकर्माचार्यको रहेको छ भने, गीतकार सुरेन्द्र नकर्मी हुन्। अमेरिकाको बैभबशाली न्यूयोर्क शहरमा छायांकन गरिएको न्यूयोर्कवाली गीतको भिडियोमा न्यूयोकवाली बसन्ती अमेरिकामा नै रहेकी प्रसिद्ध डान्सर तथा मोडल पार्वती राई बनेकी छन्। साथमा प्रवेश उप्रेती पौल,कृश थापा र डुप्लिकेट शाहरुख खान भनेर चिनिने क्यानाडा निवासी हेरी भाम्ब्राको साथमा अमेरिकी बबाल मोडलहरुको पनि अभिनय रहेको छ।
भिडियोमा गीतको वोलजस्तै रोमान्टिक र फास्ट टाइपको डान्सिङ रहेको छ। नयां पुस्ताको रोजाई अनुसार ईश्वर थापाले भिडियो निर्माण गरेका छन्। जुन नयाँ पुस्ताको नयाँ ट्रेण्ड अनुरुपका डान्सिङ टाइपको भएकोले भिडियो सवैको प्रिय बन्ने निश्चित छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु