चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

सडक दुर्घटनामा अभिनेत्री विना थापाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १३, बिहीबार ०९:१०

काठमाण्डौ -दुर्घटनामा परी कलाकार विना थापाको निधन भएको छ । बुधबार बत्तीसपुतलीमा भएको दुर्घटनामा कलाकार विना थापाको मृत्यु भएको हो । बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २७ बर्षीया विनाकुमारी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी विनाको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । कलाकारिता गर्दै राजधानी बस्दै आएकी विना गुल्मीको मुसिकोट गाउँपालिका–२ की स्थायी हुन् । प्रदर्शनको क्रममा रहेको फिल्मे फिल्म पिंजडा ब्याक अगेनमा समेत अभिनय गरेकी छन् । उनी थिएटरकी कलाकार हुन् । विनाप्रति हार्दिक श्रद्धाञ्जली !

गुल्मेली कलाकार विना थापाको सडक दुर्घटनामा निधन

गुल्मी–गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ जलजले घर भई काठमाण्डौंमा कलाकारिता क्षेत्रमा क्रियाशील कलाकार विना थापाको आज सडक दुर्घटनामा परी ज्यान गएको छ । दिउँसो काठमाण्डौकै वत्तीस पुतलीमा बा २ ख ८९४ नम्वरको पानी ट्याङ्करले ठक्कर दिँदा बा ५५ प १३८७ नम्वरको स्कुटरमा सवार २७ वर्षीया विनाको ज्यान गएको हो । गम्भीर घाईते भएकी उनको उपचारका क्रममा वीर अस्पतालमा पुर्याएलगत्तै मृत्यु भएको थियो ।

थापा स्टेज प्रोग्राम तताउने नृत्याङक र मोडलिङ्गका लागि स्थापित चलेकी कलाकार थिइन् । उनी रामप्यारी नेपाली चलचित्रमा अभिनय पनि गरेकी थिइन् । उनले अभिनय गरेको अर्को एक चलचित्र पनि आउँदैछ । पिरतीको डोरी,शिव परियारको दिन वित्यो जस्ता दर्जनौ म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरेकी विना स्टेज प्रोग्रामका लागि दुवई लगायतका विभिन्न देशमा समेत पुगेकी छिन् ।

अस्पतालमा पुगेका गुल्मीका कलाकार कमल बिसीले भोली मात्र सुटिङ्गका लागि भेट्ने कुरा थियो, आज उनको मृत्युले म बोल्न सक्ने अवस्थामा छैन भने । विना पृथ्वी माध्यामिक विद्यालय मैदनामा एसएलसी पास पछि उच्च शिक्षा अध्ययन गर्न काठमाण्डौ गएपछि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु