• सुजनले फेसबुक लाइव भिडियो मार्फत यस्तो घोषणा गरे ! के यो रबि लामिछानेलाई कडा चुनौतिनै हो त? भिडियो आफै बोल्छ !

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ पुष २०७४, बिहीबार ११:०१

    बुद्ध नेपालमै जन्मेका हुन् भन्ने नारा राखेर सबैभन्दा लामो टेलिभिजन अन्तरवार्ता गरेका रवि लामिछानेलाई १७ वर्षिय कान्छा पत्रकार सुजन आचार्यले चुनौती दिने भएका छन् । २०७० सालमा न्यूज २४ टेलिभिजन मार्फत ६२ घण्टा लामो टेलिभिजन अन्तरवार्ता गरेर गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएका रविलाई कान्छा पत्रकार आचार्यले नब्बे घण्टाको चुनौती थपिदिन लागेका हुन् । तर यसभन्दा अघि नै रविको ६२ घण्टा लामो विश्व रेकर्डलाई दुई जना महिला अरबी पत्रकारले तोडिसकेका छन् । ७० घण्टा लामो टेलिभिजन अन्र्तवार्ता गरेर रविको सो रेकर्डलाई अरबी महिला पत्रकारले उछिनेका हुन् ।

    अहिले पुनः नेपालकै सबैभन्दा कान्छा १७ वर्षिय पत्रकार सुजनले ९० घण्टाको लक्ष्य बोकेको छन् ।
    उनको सो अन्तरवार्ता रमाइलो टिभीबाट प्रसारण हुनेछ । ऐतिहासिक रेकर्ड राख्ने अन्तरवार्ताको सम्पूर्ण तयारी पूरा भएको पनि व्यवस्थापन पक्षले जनाएको छ । हेर्नुहोस सुजनले लाइभ भिडियोमा आएर के भने भिडियोमा

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु