आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

नवलपरासीमा माघी मेला संचालन हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १४ गते, शुक्रबार ०७:१५

नवलपरासी – नवलपरासीकाे रामग्राम नगरपालिका १० मा रहेकाे काेटहि माई युवा क्लबले प्रथम माघी महोत्सव मेलाको तयारी सुरु गरेको छ। रामग्राम नगरपालिका वडा नं. १० नदवामा चार दिनसम्म आयोजना गरिने माघी महोत्सव पाैष महिनाकाे २४,२५,२६ र २७ गते सम्म सञ्चालन हुने छ । महोत्सवको तयारी स्वरुप विभिन्न समितहरु गठन गरिएको छ। लोप हुन लागेको थारु संस्कृति जगेर्ना गर्न माघी महोत्सवलाई सुरु गरिएको नवलपरासी थारु बगियाकाे पुर्ब अध्यक्ष सुरज थारुको संयोजकत्वमा २५ सदस्यी मूल समिति र १५ वटा उपसमितिहरु गठन गरिएको छ।

रामग्राम नगरपालिका वडा नं. १० वडा अध्यक्ष मुन्ना गुप्ताको प्रमुख अतिथ्यता तथा काेटहि माई युवा क्लबकाे अध्यक्ष बिनाेद चाैधरीको अध्यक्षतमा सम्पन्न भेलाले महोत्सव गर्ने निर्णय गर्दै उपसमितिहरुको गठनगरेको हो। थारु कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले काेटहि माई युवा क्लबुकाे आयोजनामा हुन लागेको उत्त महोत्सवमा थारुहरुका विभिन्न नृत्यहरु प्रतियोगिताहरु जस्तै झमटा, झुमरा, झर्रा, लाठिनाच, हस्तकला प्रदर्शन र खानाका परिकारहरुकाे स्टल,गाउँ स्तरिय पुरुष भलिबल प्रतियाेगिता साथै महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु