प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई भत्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १५, शनिबार ०६:५२

काठमाडौं -महिलालाई गर्भवती हुँदा पोषण र आहारका लागि सुत्केरी भत्ता दिइएजस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ। सल्यानका पाँच किसानलाई आफूले पालेका पशुलाई कृत्रिम गर्भाधान गराएको भन्दै उनीहरूको स्याहारसुसार र आहारका लागि भत्ता दिइएको हो। पशु सेवा कार्यालयले पाँचैजना किसानलाई जनही पच्चीस सयका दरले प्रोत्साहन रकम वितरण गरेको हो। प्रोत्साहन रकम पाउनेमा शारदा नगरपालिका–२ का गोकर्णप्रसाद उपाध्याय, ३२ का बुद्धिराज विष्ट, अशोककुमार विष्ट, रेशमप्रकाश शर्मा र ४ का नारायण गौतम छन्।

नगरका प्रमुख सुरेश अधिकारीले अन्य २० जनालाई पनि यही आर्थिक वर्षभित्र प्रोत्साहनवापत रकम वितरण गर्ने बताए। कृत्रिम गर्भाधान गराइएका पशुले दूध पनि धेरै दिने र बाच्छाबाच्छी पनि उन्नत खालका निस्कने किसानहरूले बताए। लामो समयदेखि पशुहरूमा कृत्रिम गर्भाधान गराउँदै आएका शारदा नगरपालिका –३ का बुद्धिराज विष्टले भने, ‘पहिलाको जस्तै स्याहारसुसार गरे पनि दूध उत्पादन बढ्ने भएकाले म त संधै कृत्रिम गर्भाधान नै गराउँछु।’ उनका अनुसार एकपटक कृत्रिम गर्भाधान गरेर जन्माएको बाच्छीमा फेरि कृत्रिम गर्भाधान गराए बिगासीजस्तै हुने रहेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु