ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

राष्ट्रिय सभाको गठन नभएपनि सरकार बन्छ ः पाण्डे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १५, शनिबार ०९:३९

काठमाडौं- नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री सोम प्रसाद पाण्डेले राष्ट्रिय सभा गठन नभएपनि नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन् । पाण्डेले भने,‘संविधानले नै स्पष्ट पारेको छ, नयाँ सरकार गठनको लागि राष्ट्रिय सभा गठन नभएपनि हुन्छ, त्यसैले अबको १५ दिनभित्रै नयाँ सरकार बन्छ।’ शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पाण्डेले वाम गठबन्धनको नेतृत्वमा दुई हप्ताभित्रै नयाँ सरकार बन्ने विश्वास दिलाए ।

उनले भने,‘अब सरकार गठनको प्रक्रिया हामी सुरु गर्छौं, संविधानको धारा ७६ को उपधारा १ मा स्पष्ट छ, नयाँ सरकार गठनको लागि राष्ट्रिय सभाको गठन नभएपनि हुन्छ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले वाम गठबन्धनलाई जनताले बहुमत मात्रै नभएर झण्डै दुई तिहाई मत दिएको स्पष्ट पारे । उनले भने,‘चुनाव चिन्हका कारण दुई तिहाई मत आउन सकेन, तर हामी झण्डै दुई तिहाईको नजिक छौं।’

पाण्डेले तत्काल एमाले र माओवादी केन्द्रवीच पार्टी एकीकरण प्रक्रिया पनि सुरु हुने विश्वास दिलाए । उनले भने,‘कामको हिसावले हामी एउटै कमिटीजस्तो छौं, अब माओवादी र एमाले एउटै पार्टी भसके, जनताले एकता अनुमोदन गरिसक्नुभएको छ।’ उनले दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीचको सल्लाहबाट सबै कुरा टुँगो लाग्ने पनि विश्वास दिलाए । उनले भने,‘एकता प्रक्रियाको छलफलको चरण सुरु भएको छ, अब छिट्टै टुँगो लाग्छ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु