डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

पनिर खानुको ५ फाइदाहरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १५, शनिबार १०:१५

दुधबाट बनाइने पनीर हामी जो कोहीलाई मन पर्छ । पनीरमा शरिरलाई आवश्यक पर्ने विभिन्न पोषक तत्वहरु रहेको हुन्छ । यसमा दुधको सबै गुणहरु विद्यमान हुन्छ । पनीरमा प्रोटिन, क्याल्सियम, भिटामिन, फस्फोरस लगायतका विभिन्न पोषक तत्वहरु रहेको हुन्छ । पनीरलाई हामी विभिन्न तरहले उपयोग गर्न सक्छौँ । आज हामी पनीरको उपयोगिता र फाईदाबारे जानकारी दिँदैछौँ ।

 प्रोटिनको मुख्य स्रोत- शाकाहारी भोजनको लागि पनिर अति उत्तम हो । जसले माछा मासु खाँदैन उसको लागि प्रोटिनको स्रोत भनेको पनीर हो । सय ग्राम पनीरमा १८ ग्राम त प्रोटिन हुन्छ ।

दाँत मजबुत बनाउँछ –हाम्रो दाँतलाई मजबुत बनाउने क्याल्सियम पनीरमा पाईन्छ । पनीरमा निकै कम मात्रामा लेटेक्स पाईन्छ जसको कारण दाँतको लेटेक्स नोक्सान हुँदैन । पनीरले दाँत मजबुत बनाउनुका साथै स्वस्थ पनि राख्छ ।

हाड मजबुत राख्छ –पनीरमा पाईने पोषक तत्वले हड्डी बलियो बनाउँछ । विषेश गरी गर्भवती महिला तथा बच्चा र बुढापाकाले पनीरको सेवन गर्नाले अति फाईदा मिल्छ । यसका साथै शरिरको गाँडागुठी दुख्ने रोगबाट पनि आराम दिन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ-पनीरको सेवनले शरिरमा रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ । त्यसका साथै ब्लड प्रेसर नियन्त्रणमा राख्छ । डायविटिज हुन दिँदैन । शरिरको अंग बलियो बनाउन मद्धत गर्छ ।

पाचन प्रणाली मजबुत बनाउँछ –पनिरमा फाइबरको मात्रा पनि हुन्छ, जसको कारण पाचन प्रणालीमा देखा पर्ने समस्यालाई हटाउँछ । पनिरले राम्ररी खाना पचाउँछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु