प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

Promoting Nepali Gastronomy Locally & Globally Campaign) २०१८ को पहिलो दिन काठमाडौंको बत्तीसपुतली स्थित बी आई जी फुड ल्याण्डबाट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १६, आईतवार ०६:४९

नेपाली खानाकोप्रचार-प्रसारबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले २०७२ चैत २६ बाट ‘ग्यास्टनोमी टुरिजम नेपाल’ अभियान सुरु भएको हो । नेपाली मिनी फूड फेस्टिबल हिमालदेखि तराई, सुदूर पूर्वदेखि सुदूरपश्चिमसम्मको खानालाई विस्तार र विकास गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्डमा सुरु भएको यो अभियान संयुक्त राज्य अमेरिकासम्म प्रचार-प्रसार गर्न हामी सफल भएका छौं । सन् २०१७ मा सेलिब्रेट नेपाली गेष्टोनमी इयर २०१७, (Celebrate Gastronomy Year 2017) त्यस्तै अन्तर्राष्ट्रिय सगरमाथा दिवस र६०औं मनास्लु हिमालको अवसरमा नेपाली फुड फेस्टिबल गरिसकेका छौं ।

सन् २०१८ मा पनि नेपाली गेस्टोनमी लोकलली एन्ड ग्लोवलली क्यम्पेनको (Promoting Nepali Gastronomy Locally & Globally Campaign) सुरुवात गर्न लागिएको हुँदा सो कार्यक्रमको उद्घाटन गरिदिन आग्रह गर्दछौं । यो कार्यक्रम स्नेहा ट्राभल मिडिया नेपालको १२औं वार्षिकोत्सवका उपलक्ष्यमा समेत आयोजना गर्न लागिएको जानकारी दिदै सेफ एसोसिएशन नेपालका पूर्व उपाध्यक्ष तथा नेपाली खानाका अभियन्ता सुरेश बस्नेतले जानकारी दिएका छन् । सन् २०१८ को पहिलो दिन काठमाडौंको बत्तीसपुतली स्थित बी आई जी फुड ल्याण्डबाट यो अभियान सुरुवात गरिने छ ।

त्यस्तै सुनसरी, सर्लाही, चितवन, पोखराहुँदै नेपालगंजमा ततकालै र नेपाल भरी यस्तै अभियान संञ्चालन गरिने अभियन्ता बस्नेतले जानकारी दिएका छन् । यो अभियानमा स्नेहा ट्राभल मिडिया नेपाल, गैर आवासीय नेपाली संघ, नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी लगायतको सहकार्य रहेने छ । यो अभियान अन्तर्गत अन्तर्राष्ट्रिय सगरमाथा दिवस र ६० औं मनास्लु हिमाल दिवसको अवसरमा अमेरिकामा पनि कार्यक्रम आयोजना गरिने बताईएको छ । २०७२ चैत २६ बाट ‘ग्यास्टनोमी टुरिजम नेपाल’ अभियान सुरु भएको थियो । नेपाली मिनी फूड फेस्टिबल हिमालदेखि तराई, सुदूर पूर्वदेखि सुदूरपश्चिमसम्मको खानालाई विस्तार र विकास गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्डबाट सुरु भएको यो अभियान संयुक्त राज्य अमेरिकासम्म पुगेर गरिने जानकारी दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु