डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

रोकिएन भारतीयहरुको दादागिरी, फेरी सीमा क्षेत्रमा एक नेपाली कुटिए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १८, मंगलवार १०:४०

कञ्चनपुर-सीमा क्षेत्रमा भारतीयहरुको दादागिरी अझै रोकिएको छैन् । कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय नागरिकहरुले एक नेपालीलाई कुटेका छन् । भारतीय नागरिकको कुटपिटबाट महाकाली नगरपालिका वडा नम्बर ३ खत्री टोलका छबिलाल बुढा गम्भीर घाइते भएका छन् ।नयाँ वर्ष मनाउने भन्दै उनलाई भारतीय साथी श्रवण रानाले भोज खुवाउन बोलाएका थिए । उत्तराखण्ड, उधम सिंह नगर, नगरा ग्राम पञ्चायतबाट भोज खाएर फर्किने क्रममा उनीमाथि उनकै साथी श्रवण राना लगायतका ३ जनाले मर्णासन्न गरि कुटपिट गरेका हुन् ।

कुटपिटपछि उनलाई नालामा बेहोस अवस्थामा फेला पारिएको स्थानियले बताएका छन् । भारतीयहरुले नेपाली भूमीमै कुटपिट गरेको घाईते छबिलाल बुढाले बताए । भोज खुवाएपछि बाटोमा भारतीयहरुले बुढालाई एकान्तमा लिएर निर्घात कुटपिट गरि महाकाली नगरपालिकाको एक नालामा बेहोस बनाएर फालेको माहाकाली नगरपालिका वडा नम्बर ३ का वडा सदस्य पप्पु थापाले जानकारी दिए ।कुटपिटको कारण बुढाको कान तथा टाउकोमा गहिरो चोट लागेको छ । ‘नयाँ वर्षका भोज खुवाउन बोलाए, बाटोमा कुटे’ घाईते छबिलाल बुढाले भने ।
बुढालाई तिन जना भारतीयहरुले लछारपछार गर्दै कुटेको बताईए ।‘अचानक कुटपिट गर्न थालेपछि ज्यान जोगाउनै धौं धौं र्पयो’ बुढाले भने । सिमा क्षेत्रमा एसएसबी तथा भारतीय नागरिक महाकाली नगरपालिकाका स्थानीयहरु बिगत लामो समय देखि ज्यादती खेप्दै आएका छन् । सीमा क्षेत्रमा बर्षौ देखि चोरी डकैती, लुटपाट सहन बाध्य दोधरा चाँदनीबासी अब भारतीयको कुटपिट पनि सहन बाध्य भएका छन् ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु