• बाँदर सम्झेर गोली चलाउँदा एक जनाको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ पुष २०७४, मंगलवार १०:४९

    पाल्पा-पाल्पामा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिकास्थित मस्याम जंगलमा बाँदरलाई भनेर भरुवा बन्दुक चलाउँदा मान्छेलाई लागेपछि सोही गाउँपालिका –६ का ६२ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    बन्दुक प्रहार गर्ने स्थानीय ३६ वर्षीय बलबहादुर लम्तरीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार उनले घर नजिकैबाट जंगलमा बाँदर जस्तो ठानेर भरुवा बन्दुक चलाउँदा थापाको घटनास्थलमै मृत्यु भएको थियो ।अहिले प्रहरी चौकी प्रभाषको टोलीले घटनाको बारेमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु