डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

प्रहरी र विद्यार्थी झडप: अखिल उपाध्यक्ष र महासचिव घाइते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १८, मंगलवार ११:१०

काठमाडौं-प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । अनेरास्ववियुले आज दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवको पुत्लासहित प्रदर्शन गरेपछि झडप भएको हो । त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थीले प्रधानमन्त्री देउवा र प्रमुख निर्वाचन आयुक्त यादवको पुत्ला प्रहरीले खोसेपछि झडप भएको अनेरास्ववियुका उपाध्यक्ष सुनिता बरालले जानकारी गराउनुभयो ।

पुत्ला खोस्ने क्रममा प्रहरीले लाठी प्रहार गरेको थियो । पछि विद्यार्थीले पनि ढुङ्गा हान्न थालेपछि प्रहरीबाट अश्रुग्यास प्रहार गरिएको थियो । अश्रुग्यास प्रहारपछि विद्यार्थी तितरवितर भएका थिए ।लाठी प्रहारबाट अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैला र महासचिव ऐन महर घाइते भएका छन् । बर्तौलाको टाउको र महरको खुट्टामा चोट लागेको छ । बर्तौलाको टाउकामा १७ वटा टाँका लगाइएको सचिव समीक बडालले जानकारी दिनुभयो । दुबैको प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु