शर्मिला विश्वकर्मा, काठमाण्डौ-अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघको आयोजना, आइ.एल.सेन्टर काठमाण्डौंको समन्वय तथा रोटरी क्लब अफजाउलाखेल यूथ सर्भिस, राष्ट्रिय अपाङ्ग कोषको सहयोगमा मष्तिस्क पक्षघात तथा मस्कुलर डिष्ट्रोफि अपाङ्गता भएका बालबालिकाहरुलाईकाठमाण्डौंको चन्द्रागिरीमा लगेर बोसिया खेल खेलाइयो । सो कार्यक्रममा १० जना मष्तिस्क पक्षघात तथा मस्कुलर डिष्ट्रोफि अपाङ्गता भएका बालबालिकाहरु, अभिभावक, पत्रकार, स्वयमं सेवक, आयोजक तथा सहयोगी संघ संस्थाका प्रतिनिधहरु सहित ५५ जनालाई चन्द्रगिरीको केबुलकारमा यात्रा गराइएको थियो।
चन्द्रागिरीमा लगेर आयोजना गरिएको उक्त्त बोसिया खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं रोटरी क्लब अफ जाउलाखेलकी अध्यक्ष शारदा आचार्य पोखरेल र राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेतले सो खेलेर गर्नु भएको थियो ।यसै क्रममा आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमा देवी पौडेलले सो खेलको बारेमा जानकारी गराउदै अपाङ्गता भएका व्यक्तिहरुले पनि अवसर पाएको खण्डमा खेलकुदको विकासमा योगदान दिन सक्छन भन्ने सन्देश दिनको लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
त्यसै गरि बौधिक अपाङ्गता अभिभावक महासंघ नेपालका निवर्तमान अध्यक्ष मुकुन्दहरी दाहालले आगामी दिनमा बौधिक अपाङ्गता तथा अटिजम भएका बालबालिकाहरुलाई पनि यो खेलमा सहभागि गराउनु पर्ने बताउनु भयो । उक्त कार्यक्रमकी प्रमुख अतिथि एवं रोटरी क्लब अफ जाउलाखेलकी अध्यक्ष शारदा आचार्य पोखरेलले यो बोसिया खेलले समाजमा सकारात्मक सन्देश दिएको बताउदै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवधता सहित व्यक्तिगत रुपमा रु ५ हजार सहयोग गर्ने बताउनु भयो भने राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेतले आगामी दिनमा अपाङ्ता भएका बालबालिकाहरुको खेलकुदको विकासको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालले काम गर्ने बताउनु भयो ।
सो कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष तथा रोटरी क्लब अफ जाउलाखेल युथ सर्भिसका अध्यक्ष डा. विरेन्द्रराज पोखरेलले यो बोसिया खेललाई नियमित रुपमा सञ्चालन गर्नका लागि नियमित सहयोग गर्ने प्रतिवधता जनाउनु भयो । सो बोसिया खेल कार्यक्रमको सञ्चालन आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघकी महासचिव देबकुमारी पराजुलीले गर्नु भएको थियो ।