काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्कानेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन सफलतापूर्वक सम्पन्न पारस मणि मिश्र अध्यक्षमा निर्वाचित, राजदूतावास स्थापनामा पहल गर्ने निर्णयदक्षिण एसियाली युथ टेबलटेनिस बिहीबारदेखिजुडो टोली थाइल्यान्ड प्रस्थानसर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमाआमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै नेपाल हाउस बेकरीबाट विशेष केक अफरआयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति

अलैँचीको मूल्य बढेपछि किसान हर्षित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १९ गते, बुधबार ०७:४९

इलाम/ एक/दुई वर्षदेखि निरन्तर ओरालो लागेको अलैँचीको मूल्य अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् ।प्रतिमन (४० किलो) रु एक लाख २० हजारमा अलैँची बिक्री गरेका किसान भाउ घटेपछि निराश बनेका थिए । तर दुई सातायता अलैँचीको भाउमा वृद्धि हुँदै जान थालेपछि किसान आशावादी बनेका छन् । यसभन्दा अघि अलैँची कारोबार भने ठप्प बनेको थियो । अहिले अलैँची प्रतिमन रु ३५ हजारदेखि रु ३८ हजार हाराहारीमा कारोबार भइरहेको छ ।

भाउ वृद्धि भएसँगै अलैँची कारोबारमा वृद्धि हुन थालेको छ । उचित मूल्यको पर्खाइमा रहेका किसानको अलैँची घरमै थन्किएको छ । “गत वर्षको तुलनामा भाउ बढ्दै गएपछि किसानमा केही आशा पलाएको छ”, फुएतप्पाका कर्णबहादुर राईले भन्नुभयो, “अलैँचीको भाउ नआउँदा एक वर्षदेखि गोदाममै थन्किएको थियो ।” छिर्केफुर्के रोगले जिल्लामा धेरै अलैँची बगान मासिएको थियो । भाउ पाउने आशामा किसानले विभिन्न ठाउँबाट बिरुवा खरिद गरेर अलैँची रोपिरहेका छन् ।

किसानलाई जिल्ला कृषि विकास कार्यालयले पनि अनुदानमा अलैँचीका बिरुवा उपलब्ध गराउँदै आएको छ ।अलैँची व्यवसायी संघका अध्यक्ष विजय खाकीले अलैँचीको मूल्यमा क्रमिक सुधार हुन थालेको बताउनुभयो । उचित मूल्य पाउने आशामा किसानले तीन÷चार वर्षदेखि अलैँचीलाई गोदाममा थन्काएर राखेका छन् । यस वर्ष अलैँची कारोबार गत वर्षको तुलनामा आधा मात्र भएको जिल्ला कृषि कार्यालयले जनाएको छ । इलाममा आव २०७३/७४ मा एक हजार सात सय हेक्टर क्षेत्रफलमा ५७६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।-purbelinews

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु