काठमाण्डौ महानगरपािलकाद्धारा अवैद्ध संरचना हटाइयो ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १९ गते, बुधबार ०९:२७

पुस १९, काठमाण्डौ । काठमाण्डौ महानगरपािलकाले आज रत्नपार्कको दक्षिणमा अवस्थित अवैद्ध संचरचना हटाएको छ ।
आज काठमाण्डौ महानगरपािलकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माको नेतृत्वमा गएको प्रशासन महाशाखा र नगर प्रहरी महाशाखा सहितको टोलीले रत्नपार्कमा रहेका अवैद्ध संरचना हटाएको हो ।
रत्नपार्कको दक्षिणमा रहेका ती अवैधानिक संरचनाहरु जयकाली भोजनालयबाट भक्ताउन शुरु गरि पुर्व तर्फ रहेका सवै अवैद्ध टहरा महानगरले भत्काएको छ ।
ती अवैधानिक संरचना भत्काउने बारे प्रतिक्रिया दिंदै महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख गणेश थपलियाले यस खालका संरचनाहरुले महानगरको सौन्दर्य बिगारेको र ती संरचनाहरुमा महानगरको नियम विपरीत व्यापार व्यवसाय गरिएकाले भत्काउनु परेको बताउनु भयो ।
यसैगरी महानगरपालिकाला नगर प्रहरी महाशाखाका प्रमुख बिष्णु प्रसाज जोशीले अवैध संरचना भएको र पटक पटक सुचना दिंदा पनि अटेर गरेकाले भत्काइएको बताउनु भयो ।


काठमाण्डौ महानगरपालिकाले महानगरको सौन्दर्य बिगार्ने महानगरलाई कुरुप पार्ने जस्ता अवैध संरचना हटाउने गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु