प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

अनुमति विना कभर सङ गर्न पाइदैन कारवाहि हुन्छ : प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष २०, बिहीबार ११:१७

डिजिटल प्रबिधि भित्रिएपछि गीत संगीत क्षेत्रले फडको मारेको छ । यसैक्रममा पछिल्लो समय लोकप्रिय गीतहरुलाई नयाँ नयाँ गायक हरुले आफनो स्वरमा गाएर आफूलाई परिक्षण गर्ने र लोकप्रियता जाँच्ने मौका पनि पाएका छन । तर यहि प्रबिधिका कारण स्रष्टा सर्जकको नैतिक तथा आर्थिक अधिकार हनन भैरहेका छन । यो बिषयमा धेरैले आपसमा छलफल र केहि पहल गरेपनि सम्बन्धित निकायमा कडाईका साथ उजुरी वा जानकारी गराएका थिएनन ।

तर बरिष्ठ गीतकार दिनेश अधिकारीले यो बिषयमा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा मौखिक जानकारी दिए पछि प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले आफनो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । गीतकार अधिकारीको रचना दुई गीत सोंचे जस्तो हुन्न जीवन र लैजाचरी बोलको गीत युट्युव कभर सङका रुपमा आएको छ । सोंचे जस्तो हुन्न जीवन बोलको गीत कभर सङका रुपमा गिता थापा उर्फ गिता श्री ले गाएकी छन ।

डिजे एलएक्स पौडेलको च्यानलबाट अपलोड गरिएको गीत सुन्दा आफ्नो साहित्यीक इमेज बिगार्ने गरी गीतका शब्द र संगीतमाथी अन्याय गरिएको गीतकार अधिकारीले बताए । उनले बिना अनुमती आफनो बौद्धिक सम्पतीमाथीको अधिकार खोस्ने अधिकार कस्ले दियो ? भनेर प्रश्न पनि गरेका छन । त्यसैगरी लैजाचरी मेरो खबर बोलको कभर सङ हेरेर त आफूलाई बिरक्त लागेको गीतकार अधिकारीले बताए । उक्त गीत पनि बिना अनुमति कभर गरिएको बास्तविक स्रष्टालाई कहि कतै क्रेडिट समेत नदिइएको मात्र हैन कुनै रक्सीको ब्राण्डको ब्यापारीक प्रचार प्रसारको लागि तयार पारिएकोमा रोष प्रकट गरे । यो गीतलाई रोजन परियारले कभर गरेका छन भने एम एण्ड एस भिएमएजी नामक च्यानल बाट अपलोड गरिएको छ ।

 

गीतकार अधिकारीले आफनो नैतिक आर्थिक अधिकार समेत हनन भएकाले सम्बन्धित निकायलाई मौखिक जानकारी गराएको र अब यस प्रकारको कृयाकलाप बिरुद्ध ब्यक्तिगत र संस्थागत संलग्नतामा लिखित उजुरी गरिने गीतकार अधिकारीले जानकारी दिए । यो बिषयमा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार राजेन्द्र सिग्देलले प्रतिलिपि अधिकार ऐन अनुसार स्रष्टाको अनुपति बिना सृजनाको तोडमोड या अन्य कार्य गर्न नपाइने बताए । उनले कभरसङ गर्न नपाइने हैन तर बिना अनुमति यसरी गर्दा ऐन अनुसार कारबाहि हुने जानकारी दिए । सर्जक आफै सचेत रहदै यसप्रकारको कानुन बिपरित कार्यहुन बाट रोक्न सहयोग गर्न पनि आग्रह गरेका छन । रजिष्ट्रार सिग्देलले यो बिषयमा छिटटै सरोकारवाला सर्जक र संघ संस्था संग परामर्ष गर्ने पनि जानकारी दिए ।

यहि बिषयमा संगीतकार संघ नेपालले पनि यस्तो कार्यप्रति आपत्ति जनाएको छ । संघका अध्यक्ष लक्ष्मण शेषले कभर सङ गर्न नपाइने भन्ने हैन तर सर्जकको अनुमति लिएरमात्र त्यस्तो कार्य गर्न सुझाव दिए । शेषले अनुमति विना अर्काको बौद्धिक सम्पत्तिमाथी को अधिकार हनन गर्नेहरु जेलजान तयार हुन चेतावनी दिए ।

यसैगरी गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाले बास्तविक स्रष्टालाई थाहा नै नदिएर उस्को सृजनामाथि खेलवाड गर्नु आपत्ति जनक भएको बताए । उनले यस्तो कार्य बौद्धिक सम्पत्तिको चोरी नै भएकोले दण्डनिय हुने पनि बताए ।यसैगरी प्रस्तोता समाज नेपालले कभर सङका नाममा बास्तविक सर्जक वा प्रस्तोताको नैतिक र आर्थिक अधिकार माथिको खेलवाड कुनै हालतमा स्विकार्य नहुने जनाएको छ । समाजका अध्यक्ष तुलसी पराजुलीले बास्तविक स्रष्टाको सृजनाबाट अनुमति विना ख्याती कमाउने र आर्थिक लाभ लिने कार्य कानुनी रुपमा अपराध भएको बताए । आफ्नो प्रतिभा देखाउनका लागि कभर सङ लाई माध्यम बनाउन सकिने तर अनुमति लिएर मात्र गर्नु पर्ने पराजुलीले बताए ।-gufgaf

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु