आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

एमालेका पौडेलको हत्याविरुद्ध बुटवल बन्द(फोटो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष २१ गते, शुक्रबार ०९:११

बुटवल । रुपन्देहीको ढेकेबार खैरेनीमा गोली प्रहारबाट स्थानीय युवा बसन्त पौडेल बलुको हत्या भएको बिरोधमा बुटवल बन्द भएको छ ।तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवा बिद्यार्थीहरुले बन्द गरेका हुन् ।

भाेली रुपन्देही बन्द गर्ने युवा संघ अध्यक्ष नकुल शाह ठकुरीकाे भनाइ छ । अज्ञात ब्यक्तीले आज बिहान सबा ११ बजे उनीमाथि गोली प्रहार गरेकाथिए । उपचारार्थ लुम्बिनी अञ्चल अस्पतालमा लैजांदै गर्दा उनको मृत्यु भएको थियो ।
पौडेल पूर्ब गाबिस अध्यक्ष तथा एमाले स्थानीय नेता निलकण्ठ पौडेलका एक्ला छोरा हुन् । एक बर्षअघि सोही गाउंमा युवा संघका नेता दुर्गा तिबारीको हत्या भएको थियो । बसन्त दुर्गाका नजिकका साथी थिए ।
घटना लगत्तै आफूलाई मलेसियाबाट मनोज पुन बोलेको बताउने ब्यक्तीले स्थानीय सञ्चारकर्मी र बिभिन्न ब्यक्तिलाई फोन गरी हत्या आफूले गरेका बताएकाछन् ।


एक बर्षअघि पनि उनले यस्तै फोन गरी दुर्गाको हत्या आफूले गराएको र अब बसन्तको पालो भन्दै धम्की दिएका थिए ।गोली कस्ले चलायो भन्नेबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीकाले जनाएको छ । गोली प्रहार गर्ने ब्यक्ती कालो डिस्भर मोटरसाईकलमा रोहिणी खोला तिर भागेको स्थानीयले बताएकाछन् ।

मृतक आफ्नो काठ मिलमा आगो तापेर बसिरहेका बेला गोली प्रहार भएकोथियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु