पत्रकारिताबारे धमलाले दिए प्रवचन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष २६ गते, बुधबार १२:१०

भक्तपुर- रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पत्रकारितामा अनुशासन, लगनशिलता, मेहनत र निरन्तरता चाहिने बताएका छन् ।
बुधबार भक्तपुर क्याम्पसमा पत्रकारिता अध्ययनरत विद्यार्थीलाई नेपाली पत्रकारिता क्षेत्रको संभावना र चूनौतिबारे लेक्चर दिँदै सभापति धमलाले भने,‘पत्रकारितामा निरन्तरता र व्यवहारिक कार्यको आवश्यकत्ता छ, यो विषय गहन छ, यसको लागि पत्रकारहरु अध्ययनशिल र लगनशील हुनुपर्छ।’
उनले पत्रकारमा व्यवसायिकता, निर्भिकता, आत्मविश्वास, अनुशासन, साधरणता र सूचनाको पहुँच हुनुपर्ने स्पष्ट पारेका थिए । उनले पत्रकारहरु राजनीतिक प्रभावमा पर्नुभन्दा पनि व्यवसायिकता र जनमुखी हुनुपर्नेमा जोड दिए ।
उनले सूचनालाई व्यवस्थित् र मर्यादित तरिकाले प्रस्तुत गर्नुपर्ने पनि प्रकाश पारे । उनले भने,‘पत्रकारिता शोखको लागि भन्दापनि सक्रियताका साथ देश र जनताको हितमा गर्नुपर्छ, अनिमात्रै राम्रो हुन्छ।’
देशमा राजनीतिक संक्रमण सकिएको भन्दै अबको पत्रकारिता पनि आर्थिक विकास केन्द्रित हुनुपर्नेमा धमलाले जोड दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु