दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रदेश प्रमुख र अस्थायी राजधानी नतोक्नु देउवाको सत्तालिप्सा मात्रै हो : शर्मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष २८ गते, शुक्रबार १८:२६

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नयाँ सरकार गठन गर्ने काममा निर्वाचन आयोगले हलो अड्काउने काम गरिरहेको आरोप लगाएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले भने,‘निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर अड्को थाप्ने काम गरिरहेको छ, यो समयमै मतपरिणाम घोषणा गर्नुपर्दथ्यो तर अहिलेसम्म गरेन, यो दुःखको कुरा हो।’ उनले एउटा निर्वाचनको अर्को निर्वाचनसँग कुनै सम्बन्ध नभएको पनि जिकिर गरे ।

 

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै शर्माले समानुपातिकतर्फको मतपरिणाम आयोगले रोक्नुको कुनै कारण नभएको पनि स्पष्ट पारे । उनले भने,‘आयोगले अहिले जे गरिरहेको छ, त्यो बेठीक गरेको छ, सरकार बनाउने काममा आयोगले हलो अड्काउने काम गर्यो।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवालेपनि नयाँ सरकार गठनको लागि सहजीकरण नगरेको गुनासो पोखे । उनले भने,‘एक दुई महिना बढि नै सरकारमा बसौंला भन्ने होला तर यसले स्वयम् कांग्रेसलाई नै बद्नाम गर्ने काम गरेको छ, मन्त्रीहरुलाई व्यक्तिगत रुपमा शुभलाभ होला तर लोकतन्त्रको लागि राम्रो भएको छैन्।’

एकल संक्रमणीय व्यवस्था अनुसार नै राष्ट्रिय सभाको निर्वाचन हुने भन्ने सहमति भएपछि पनि देउवाले छिटो–छरितो काम नगरेको पनि शर्माको आरोप थियो । उनले भने,‘तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्दथ्यो तर यो काममा सरकारबाट ढिलाई भैरहेको छ, ढिलाई गर्नु भनेको सत्तालिप्सा मात्रै हो।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु