काठमाडौं/पदम श्रेष्ठ -अग्रज पत्रकार भैरव रिसालले मलिलो भुमि नेपालबाट कमाउनकै लागि बिदेश जानैपर्ने बाध्यता लज्जास्पद भएको बताउनुभएको छ । नेपाल मण्डल पर्यटन नगरी महोत्सव आयोजक समितिद्धारा शुक्रवार पर्यटन बोर्डमा आयोजित सभामा सो कुरा व्यक्त गर्नुभएको हो । पत्रकार रिसालले स्वदेशी श्रम शिप र प्रविधि विकासको मुल आधार कृषि,पर्यटन र जलस्रोत भएको हुँदा अवको विकास जनाधारमा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पुर्व अर्थ मन्त्री तथा सभासद सुरेन्द्र पाण्डेले केन्द्र,प्रदेश र स्थानियगरी तीन भागमा कर रोयल्टी बाँडफाँड हुने हुदाँ आ आफनो प्रदेश वजेटको आधारमा विकासका परियोजना ल्याउनुपर्ने सुझाव दिनुभयो । उहाँले रोयल्टी कर मात्र एक खर्व भन्दा बढी रकम सबै राज्य प्रदेश र निकायमा बाँडफाँड हुने प्रकृयामा कानुनी निक्र्यौल भएको स्पष्ट पार्नु भयो भने अर्का प्रदेश सभासद रामेश्वर फुयाँलले प्राकृतिक संरचना नष्ट नहुनेगरी जग्गाको मुआव्जा सहित ३नंप्रदेशमा पाँचवटा चक्रपथ निर्माणहुनु पर्ने बताउनुभयो भने सानुकुमार श्रेष्ठले स्थानियको अग्राधिकार सहित नेवार तामाङको पहिचानको संरक्षण गर्न आफ्नो तर्फबाट पर्यटन नगरीको प्रवद्र्धनमा योगदान हुने प्रतिवद्धता जनाउनु भयो ।
नेकपा माओवादी केन्द्रकी सभासद तथा प्रवक्ता पम्फा भुषालले आफनो निर्वाचन क्षेत्र ललितपुरलाई नमुना पर्यटकिय क्षेत्रको रुपमा प्रवद्र्धन गर्न आफु तयार रहेको बताउनु भयो । जननिर्वाचित पदाधिकारीहरुलाई जानकारी गराउँदै चन्द्रागिरी चम्पदेवी –टिष्टुङ,पालुङ,चितलाङ सहितको संयोजक विनोद महर्जन, फुल्चोकी लाँकुरी भञ्ज्याङ लेले,टिकाभैरव,नल्लु,शंखु सहितका तर्फबाट कृष्णलाल तामाङ नगरकोट जरसिंहपौवा संयोजकमा गोकुल शर्माले स्थानिय तहबाट भईरहेको पर्यटन प्रवद्र्धनको अभियानलाई सरकारबाट साथ सहयोग हुनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी शिवपुरी,ककनीका संयोजक ईन्द्रलामा र शोभामाया लामा , जामाचो यङकीदह पर्यटन नगरीको समेत सहभागितामा आयोजित सो सभालाई पर्यटन नगरीका कोषाध्यक्ष केदारमान भण्डारीले अभियानलाई सार्थक बनाउन सार्वजनिक कोषको आव्हान गर्नुभयो ।
अभियान संयोजक कृष्ण के.सी.ले अभियानको तर्फबाट राखिएका पाँचवटा माग सार्वजनिक गर्नु भएको थियो ,पाँच नगरी प्रवद्र्धनार्थ पाँच अर्व विनियोजन गर्नुपर्ने,,वजेटको लागि वागमति सभ्यतामाजस्तै प्रत्येक सवारी,चुरोट,रक्सी करमा न्युनतम ०.१ प््रतिशत रकम उठाउन माग गरिएको छ । त्यसैगरी पर्यटन नगरीको विशेष विधेयक कानुन राष्ट्रिय निति सासंदबाट पारित गर्न र विकास निर्माण,गुथि संस्थान,बिकास कोष,जात्रा पर्व,देवस्व,धर्मस्व,प्राकृतिक संरक्षण प्रर्वद्धनमा स्थानियको अग्राधिकार कायम गर्न माग गरिएको छ । प्राकृतिक संरक्षण सहितउपत्यकालाई एकिकृत विकास गर्न सरकारबाटै पुर्वाधार तयार गर्न माग गरिएको छ । सो जनस्तरबाट राखिएको प्रस्तवलाई सभासद अभियान कर्ता र स्थानिय बुद्धिजीवीहरुबाट समर्थन गरिएको थियो ।