महालक्ष्मी विकास बैंकद्धारा विधालयलाई कम्प्युटर तथा झोला वितरण कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ ८ गते, सोमबार १३:५५

नवलपरासी-वसन्तपत्तचमी अर्थात सरस्वाती पुजाको अवसर पारेर आज महालक्ष्मी विकास बैंक लि द्धारा श्री त्रिमूर्ती प्राथमिक विधालय मनरी ५ तिलौली नवलपरासीको लागी एक समारेहका विच २ थान कम्प्युटर र ३५ थान विधार्थीले बोक्ने झोला हस्तान्तरण कार्यक्म सम्पन्न भएको हो । कार्यक्मका अध्यक्ष विधालय ब्यवास्थापन समितिका अध्यक्ष राजेश प्रसाद राय को आतिथ्यमा सम्पन्न भएको हो भने कार्यक्मका प्रमुख अतथी रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ता र विशोष अतिथी महालक्षी विकास बैंक लिमीटेडका शाखा प्रवन्धक गौतम गुप्ताले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताले आधुनिक यूगमा शहरमा जस्तै गाँउ—गाँउमा पनि विधार्थीका कम्प्युटर शिक्षा प्रदान गर्ने वताउनु भयो भने शाखा प्रवन्धक गौतम गुप्ताले विकास बैंकमा महालक्ष्मी विकास बैंक देशकै नमुना विकास बैक बनेको र नाफा मूलक मात्र नभएको सामाजिक उत्तरदायित्वा पनि बहन गर्दै जाने कुरा प्रष्ट पार्नु भयो कार्यक्ममा भैरहवा शाखा बाट पाल्नु भएका खगेन्द्र वहादुर राउतको पनि उपस्थीत रहेको थियो ।

कार्यक्ममा सरावल गाँउपालिका वडा नं.२ का वडा अध्यक्ष शम्भु प्रसाद चौधरीले बैकले गाँउको विधालयलाई कम्प्युटर लागाएत विधार्थीले झोला वितरण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्ममा श्री त्रिमूर्ती प्राथामिक विधालयका प्रधानध्यापक मस्जीद अलि अन्सारीले महालक्ष्मी विकास बैक लिमीटेडले आफ्नो विधालयलाई छानेर सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो । बैकले आगमी दिनमा पनि सामाजिक उत्तरदाइत्वलाई जारी राख्ने जनाइको छ|

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु