भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

राजेश हमालको पहलमा अमेरिकामा ओमविक्रम बिष्ट सहयोग साँझ संपन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ १० गते, बुधबार ०८:१८

काठमाडौ। नेपालमा विभिन्न इभेन्ट म्यानेजमेन्टको कार्यमा अब्बलता हासिल गर्दैआएको रिभेल इभेन्ट इन्कको कार्य विस्तार अमेरिकामा समेत भएको छ। अमेरिकाको बैभबशाली शहर न्यूयोर्कमा यो कंपनी गायक राजेश हमालले विधिवत रुपमा दर्ता गरेर कार्य समेत प्रारम्भ गरेका छन्। त्यस क्रममा अमेरिकामा नै दुवै किडनी फेल भएर उपचार्थ रहेका नेपालका प्रसिद्ध गायक एवम् पप–सम्राट ओमविक्रम बिष्टको सहयोगार्थ सहयोग सांझ कार्यक्रम संपन्न भएको छ।

गायक राजेश हमाल म्यानेजिङ डाइरेक्टर रहेको रिभेल इभेन्ट इन्क तथा त्यहाँ स्थित नेपाल अमेरिकन कलाकार संघ, गायक राम श्रेष्ठ, अभ्य ढुंगेल र स्वतन्त्र कलाकार सिर्जना स्याङडेनको संयुक्त आयोजनामा ओमविक्रम बिष्ट सहयोग सांझ भएको हो। यस कार्यक्रममा अमेरिकामा रहेका एक से एक कलाकारहरुको सहभागिता रहेको थियो। उनीहरुले ओमविक्रम बिष्टका कालजयी अमर गीतहरु नै गाएर सवैलाई बेग्लै मनोरंजन दिने कार्य गरेका थिए।

त्यसरी प्रतिभा प्रदर्शन गर्ने गायक–गायिकामा सपनाश्री, राम श्रेष्ठ, तिलकबम मल्ल, संगीता मुखिया, राजेन्द्र राई, सानु शेर्पा, गीता बिर्लाकोटी, रानी श्रेष्ठ, विश्व तेन्जिङ, बिमल डाँगी, गम्बु शेर्पा, सुवर्ण शाक्य, सुरेन्द्र बाँस्तोला, दीलिप शिरिष, यशोदा खालिङ राई, पूजा न्यौपाने, बसन्ती राई रहेका छन्। साथमा बिट्स ब्याण्डवाट रोकेश गुरुङ, थिन्ले थकाली र रिन्जी शेर्पाले पनि रमाइलो प्रस्तुति दिएका थिए।

उनीहरुका प्रस्तुतिलाई न्यूयोर्कका दर्शकहरुले अत्यन्त रुचाएका थिए। बाद्यबादनमा शिशिर श्रेष्ठ, तबलाबादक न्हूच्छेमान डंगोलले प्रस्तुति दिएका थिए। कार्यक्रमको संचालन विक्की पुलामी मगर र शकुन ज्ञवालीवाट भएको थियो।

सांगीतिक कार्यक्रमवाट लगभग ७ हजार १ सय ८९ अमेरिकी डलर संकलन भएको आयोजकले जनाएको छ। उक्त रकम पप–सम्राट ओमविक्रम बिष्टलाई उपचार्थ हस्तान्तरण गर्ने कार्य आयोजकवाट भएको छ। जसवाट पप–सम्राट विष्टले आफूजस्तै विरामी पूर्ण गुरुङलाई १ हजार डलर सहयोग गरेका थिए।

नेपाल बाहिर प्रवास अमेरिकामा समेत आफ्नो रिभेल इभेन्ट म्यानेजमेन्ट इन्कले सवैको साथ र सहयोगले ओमविक्रम बिष्ट सहयोग सांझ कार्यक्रम भव्य रुपले गर्न सफल भएकोमा अत्यन्त गर्ब लागेको गायक राजेश हमालले भनेका छन्। यसप्रकारका कार्यक्रम नेपाल र अमेरिकामा नियमित रुपमा गर्दैजाने जानकारी पनि गायक हमालले बताएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु