• बुटवलको एउटा टिप्पर जसले सान नदिने लाई हान्दिए पछि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ माघ २०७४, बिहीबार १२:५५

    बुटवल/माघ – बुटवलमा एउटा टिप्परले ठक्कर दिएर एक जना बृद्धा महिलाको मृत्यु भएको घटना आज दिनभर सामाजिक संजालमा चर्चाको बिषय बन्यो। देश भर यस्ता घटना दिनहु हुने गर्छ तर आजको घटना फरक थियो। बुटवल जानकी नगरमा ८९ वर्षिय बृद्धा महिला लाई जेब्राक्रस बाट सडक पार गर्ने क्रममा ठक्कर दिए पछि उनको तत्काल मृत्यु भयो, घटना दुखद भए पनि नयाँ कुरा चाँहि थिएन। तर जुन टिप्परले ठक्कर दियो त्यो टिप्परको अघि यस्तो लेखिएको थियो “मान दिने लाई मान दिने हो, सान दिने लाई हान्दिने हो“। तर सान दिनै नसक्ने बृद्धा लाइ हान्दिए पछि यो टिप्पर र आजको घटना दिन भर सामाजिक संजालमा चर्चामा रह्यो।

    तस्बिर श्रोत: दिनेश श्रेष्ठको फेसबूक बाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु