ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन नुवाकोटमा हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ १२, शुक्रबार ०९:४१

काठमाडौं- नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैत्र ७ र ८ गते नुवाकोटमा हुने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यसमितिले उक्त राष्ट्रिय सम्मेलनबारे जानकारी गराएको हो । नेपाली कांग्रेसका कान्तिकारी नेता गिरीजाप्रसाद कोइरालाको ८ औं पुण्य तिथि (स्मृति दिवस) को अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रममा देशका सबै जिल्ला कार्य समितिका कोषाध्यक्षहरुको उपस्थिति रहने पनि समितिले जनाएको छ ।

कार्यक्रममा अध्यक्ष गोविन्द पुडासैनीले हालै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका जनप्रिय निर्णयहरुको एमालेले विरोध गर्नुको कुनै तुक नभएको स्पष्ट पारे । उनले भने,‘वर्तमान सरकारले जनताको हितमा निर्णय गरेको छ, तर अहिले एमालेले बखेडा झिकेर विरोध गर्नुको कुनै औचित्य छैन।’अध्यक्ष पुडासैनीले अघि भने,‘त्यतिवेला एमालेको ९ महिने अल्पमतको सरकारको पालामा बृद्ध भक्ता दिने निर्णय हुँदा हामीले कुनै विरोध गरेनौं, बरु उल्टै उक्त निर्णयको खुलेर स्वागत गरेका थियौं, तर अहिले हाम्रो पार्टी नेतृत्वको सरकारले ६५ वर्ष पुगेकाहरुलाई वृद्ध भक्ता दिने निर्णय गर्दा एमालेलाई के को टाउको दुखाई ? हामीले बुझ्न नसकेको यो कुरा ? यो त अचम्म नै भयो नि।’

पुडासैनीले अहिलेपनि कुनै एक पार्टीले बहुमत प्राप्त नगरेकोले कसको नेतृत्वमा सरकार बन्ने कुरा अहिले नै भन्न नसकिने पनि स्पष्ट पारे । उनले भने,‘अहिले केपी ओलीले तुरुन्त आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्छ भन्ने अभिव्यक्ति दिएर वर्तमान सरकारले गरेका महत्वपूर्ण निर्णयहरुको विरुद्धमा बोल्नु उचित छैन, कसको नेतृत्वमा सरकार बन्छ भन्ने कुरा अहिले नै भन्न सकिँदैन्।’उनले कांग्रेसको कोषहरुलाई पारदर्शी राख्ने आफूहरुको मुख्य उद्देश्य भएकोले आफूहरु सोही अनुसार चल्ने बताए । उनले भने,“हामी बदलिन्छौं, कांग्रेस बदल्छौं” भन्ने मूल नाराका साथ आयोजना गरिने उक्त राष्ट्रिय सम्मेलनले नेपाली कांग्रेसलाई नवजीवन प्रदान गर्न महत्वपूर्ण योगदान दिनेछ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु