एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

राष्ट्रिय सभामा मुस्लिम समुदायको उपस्थिति शून्य पारिएको भन्दै बिरोध

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ १२ गते, शुक्रबार ०९:४९

काठमाडौं-संयूक्त मुस्लिम भातृ संगठनहरुले राष्ट्रिय सभामा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा संयूक्त मुस्लिम भातृ संगठनले शुक्रबार पत्रकार सम्मेलन गरेर विभिन्न राजनीतिक दलबाट राष्ट्रिय सभामा मुस्लिम समुदायको प्रतिनिधित्व हुने सम्भावना कम हुँदै गएकोले यस्तो खबरदारी गरेका हुन् ।
राष्ट्रिय सभा सदस्यको लागि कुनैपनि राजनीतिक दलहरुले मुस्लिम समुदायबाट प्रतिनिधि छनोट नगरेपछि मुस्लिम समुदाय आक्रोशित बनेको हो ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा नेपाल मुस्लिम ईत्तेहाद संगठनका अध्यक्ष सेराज अहमद फारुकीले राष्ट्रिय सभा मुस्लिम प्रतिनिधित्वविहिन हुन नसक्ने स्पष्ट पारेका छन् । उनले भने,‘४.४८ प्रतिशत जनसंख्या रहेको मुस्लिम समुदायको प्रतिनिधित्व बेगर राष्ट्रिय सभाको कल्पना गर्न सकिँदैन, यस्तो स्थितिमा राजनीतिक दलहले ध्यान दिनुपर्छ, नेपालको परिवर्तन र राष्ट्रियताको लागि सबैभन्दा बढि ईमान्दार समुदाय मुस्लिम समुदाय हो, तर यो राज्यले हाम्रो समुदायलाई नै प्रहार गरिरहेको छ ।’
त्यस्तै माओवादी केन्द्र पोलिटब्यरो सदस्य तथा मुस्लिम मुक्ति मोर्चा नेपालका अध्यक्ष अतहर हुसेन फारुकीले संविधानले व्यवस्था गरेको अधिकारलाई राजनीतिक दलहरुले कुल्चने काम गरेको आरोप लगाए ।

उनले भने,‘संविधानले व्यवस्था गरेको अधिकारलाई नै बेवास्ता गरेर राष्ट्रिय सभाको परिकल्पना गरिएको छ, यसले मुस्लिम समुदायलाई हेर्ने दृष्टिकोण कस्तो छ भन्ने कुरालाई इंकित गर्दछ।’ सोही संगठनका बरिष्ठ उपाध्यक्ष ताज महम्मद मियाले राष्ट्रिय सभामा मुस्लिमको प्रतिनिधित्व नगरिएका आन्दोलनमा उत्रिने चेतावनी दिए । पत्रकार सम्मेलनमा मुस्लिम संघ नेपालका अध्यक्ष अब्दुल सत्तारले विगतका हरेक आन्दोलनमा मुस्लिम समुदायको देन भएपनि राष्ट्रिय सभाजस्तो गरिमामय स्थानमा उपस्थिति शुन्य पार्नु गैर–जिम्मेवारपन भएको टिप्पणी गरे ।

त्यस्तै उक्त संघका उपाध्यक्ष निजा मुद्दीनले राष्ट्रिय सभामा मुस्लिम समुदायको समावेशीमा राजनीतिक दल चुकेको आरोप लगाएका छन् । उनले मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमा मुस्लिम समुदायलाई विशेष स्थान दिनुपर्ने माग गरेका छन् । कार्यक्रममा अधिवक्ता मुहम्मद अलि, मुस्लिम राष्ट्रिय अभियन्ता नजबुल खान लगायतले राष्ट्रिय सभामा मुस्लिम समुदायको ग्यारेन्टी गर्न सरोकारवाला राजनीतिक दल सरकारसँग माग गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु