डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

तिलोत्तमा नगरमा व्यवस्थित सडक बन्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ १३, शनिबार ०४:२३

बुटवल:रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सडक मर्मत तथा निर्माणका कामलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको छ ।नगरमा सडक निर्माणका काममा रोडा योजना तीव्रताका साथ अघि बढाइएको छ । ग्राभेल योजना १ देखि १७ वडामै सञ्चालन हुने नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो । नगरसभाले सडक रोडा योजनाका लागि चालु आवमा रु सात करोड ९० लाख विनियोजन गरेको छ । कतिपय वडामा रोडा बिछ्याउने काम सकिएको छ भने कतिपयमा सञ्चालन भइरहेको छ । वडा समितिले निर्धारण गरेको प्राथमिकताका आधारमा सडकमा रोडा राखिँदैछ ।

नगरपालिकाले योजनाको जिम्मेवारी वडा समितिलाई प्रदान गरेको छ । यस वर्ष झण्डै ४०० साना ठूला बाटामा रोड राखिने नगरपालिकाले जनाएको छ ।प्रत्येक वडामा उपभोक्ता समिति गठन गरेर योजना अघि बढाइएको नगर उपप्रमुख जागेश्वरी चौधरीले बताउनुभयो । नगरपालिका क्षेत्रमा पर्ने तिनाउ नदी तथा सुखौरा खोलाका रोडाबाट काम भएको छ । यसअघि कालोपत्र गरिएका तर अहिले जीर्ण भएका सडक पनि विस्तारै व्यवस्थित हुँदै जाने नगरपालिकाले जनाएको छ ।
जीर्ण भएका यस्ता सडकको मर्मतसम्भार गर्न ठूलो बजेट आवश्यक पर्ने भएकाले नगरपालिकाले यसमा सघाउन यस क्षेत्रबाट नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभा सदस्यलाई आग्रह गरिसकेको छ ।

नगर प्रमुख घिमिरेले तत्कालै ममर्तसम्भार नगरी नहुने जीर्ण सडकको मर्मतसम्भार गर्न रु १२ करोड जति बजेट आवश्यक देखिएको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु