एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

भारतमा बन्यो ‘सेल्फी’ – घातक प्रवृत्ति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ १३ गते, शनिबार ०६:४३

भारत-भारतको हैदरावादमा गुडिरहेको रेल सामु एकजना पुरुषले खिचेको ुसेल्फीु भिडियो हजारौँ मानिसहरूले अनलाइनमा हेरेका छन्।व्यायाम प्रशिक्षक टि सिभाले छेउमै रहेका व्यक्ति र रेलका चालकले दिएको चेतावनी उल्लंघन गर्दै बोराबन्द रेल स्टेशन छेउमा ज्यानुअरी २१ मा उक्त भिडियो खिचेका थिए।उक्त दुर्घटनामा सिभा बाँच्न त सफल भए तर उनको टाउकोमा चोटपटक लागेको भारतको रेल वे प्रहरीले जनाएको छ।उनी अदालत सामु उपस्थित भएका छन् र उनलाई भारू पाँच सय जरिवाना गराइएको छ।

२१ सेकेण्ड लामो उनको भिडियो समाजिक सञ्जाल फेसबुकमा हजारौँ जनाले हेरेका छन्।त्यसमा उनको नजिक एमएमटिएस रेल आउँदै गरेको देखिन्छ।सो भिडियोमा नजिकैको व्यक्तिले चेतावनी दिइरहेको र रेलले हर्न बजाएको पनि सुन्न सकिन्छ।सिभा उभिरहन्छन् र एक मिनेट भन्दै भिडियो खिचिरहन्छन्।त्यसपछि उनको टाउकोको दायाँ छेउमा रेलले ठक्कर दिन्छ र उनी भुँइमा लड्छन् र उनको फोन खस्छ।भारतमा नजिकै आइरहेको रेलको अगाडि उभिएर भिडियो खिच्ने घातक प्रवृत्ति देखा पर्दै आएको छ।सन् २०१७ मा कर्नाटका सेल्फी खिच्ने प्रयासमा रहेका तीनजना किशोरहरूलाई रेलले किचेको थियो।

राजधानी दिल्लीमा रेलको लिकमा सेल्फी खिच्नेक्रममा रहेका दुईजनाको ज्यान गएको थियो।विज्ञहरूले समाजिक सञ्जालको लत लागेका व्यक्तिहरूले जथाभावी लामो सेल्फी खिच्ने गरेको बताउने गरेका छन्।अधिकांश घटनाहरूमा पुरुष संलग्न रहेका छन्।विश्वमा सेल्फी खिच्ने क्रममा भएका मृत्युका अधिकांश घटना भारतमा नै भएका छन्।सन् २०१४ को मार्चदेखि सन् २०१६ को सेप्टेम्बरसम्ममा भएका १ सय २७ त्यस्ता घटना मध्ये ७६ वटा भारतमा भएको र ज्यान गुमाउनेहरू युवा उमेरका भएका कारनेगी मेलन विश्वविद्यालय पिट्सवर्ग अमेरिकामा विद्यावारिधि गरिरहेका हेमांक लाम्बा र उनको टोलीले जनाएको छ।

भारतमा अधिकांश सेल्फीका कारण हुने मृत्यु सम्बन्धी दुर्घटनामा रेल जोडिने गरेको लाम्बा बताउँछन्।उनका अनुसार आफ्नी प्रेमी(प्रेमिकासँग रेलको लिक नजिक फोटो खिच्नुलाई रोमान्टिक मानिन्छ र त्यसलाई कहिल्यै नटुट्ने मित्रताका रुपमा लिइन्छ।
ट्विटरमा उक्त भिडियो प्रेषित गर्ने धेरैले सिभाको कामलाई ुआश्चर्यजनक,ु ुपागलपन,ु वा ुजोखिमपूर्णु भनेका छन्।भारतीय रेल वे ऐन १९८९ को धारा १ सय ४७ ले रेलको लिक, रेल वा त्यस आसपास अवरोध पुग्ने गरी तस्विर खिच्नेलाई कारबाहीको व्यवस्था गरेको छ।भारतका रेल तथा कोइला मन्त्री पीयूस गोयलले जथाभावी तस्वीर खिचेर ज्यान जोखिममा नपार्न समाजिक सञ्जालमार्फत आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु