आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

फेसबुक ग्रुप “द युथ युनिटी” द्वारा पुरस्कार वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ १३ गते, शनिबार ११:५५

बुटवल–सामाजिक संजालमा चर्चित फेसबुक ग्रुप द युथ युनिटी द्वारा माघ १ गतेदेखी १० गते सम्म संचालन गरिएको ढाका टोपी तथा इस्माइल फोटो कन्टेस्टको पुरस्कार वितरण गरिएको छ । ग्रुपका संयोजक मदन शौगातको अध्यक्षता, डि राज पाण्डेको सह–अध्यक्षता तथा गु्रप मोडियटर कृष्ण प्र. भट्टराई को सञ्चालनमा भएको उक्त कार्यक्रममा उत्कृष्ट ५ जनालाई प्रमाण पत्र सहित नगद रुपैयाले सम्मान गरिएको थियो । कार्यक्रममा प्रथम, द्वितिय र तृतिय लाई क्रमश रु.५०००, ३००० र २५०० प्रदान गरिएको थियो र अन्यलाई प्रमाण पत्रले सम्मान गरिएको थियो । उक्त पुरस्कारको शौजन्य प्रथम प्रेम आले (भुेटेको मकै), द्वितिय विन्दास नवराज पाण्डे र तृतिय यादव सुवेदीले गर्नुभएको थियो भने प्रथम, द्वितिय र तृतिय क्रमशः सन्देस पन्थ, प्रजिता शर्मा र कविता न्यौपाने हुन सफल भएका थिए । कार्यक्रममा उपस्थित रहेका सम्पूर्ण सदस्यले यो ग्रुप समाजिक कार्यमा निकै सक्रिय रहेकोले छिट्टै संस्थाको रुपमा स्थापित गर्नुपर्ने सुझाव सल्लाह दिएका थिए ।

 

५३,००० भन्दा वढी सदस्य रहेको उक्त ग्रुपलाई अबको परिस्थितीमा सामाजिक विसंगतीको विरुद्ध अगाडी बढाउदैं युवाको हरेक सक्षमता अभिबृद्धी गर्नुपर्नेमा गु्रप मोडियटर कृष्ण भट्टराई को जोड थियो, माघ १६ गते सहिद दिवसको अवसरमा बुटवल, राजमार्ग चौराहामा दिप प्रज्वलन तथा सहिदको सम्झनामा मौन धारण गर्ने कार्यक्रम समेत रहेको जानकारी गराएका थिए ।

बुटवलको सिमरन पार्टी प्यालेसमा भएको उक्त कार्यक्रम समापन गर्दै कार्यक्रमका संयोजक मदन शौगातले सबै सदस्यको सक्रिय सहभागिताको अपेक्षा राखेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु