माघ १३,काठमाण्डौ । भारतको ६९ औं गणतन्त्र दिवसको अवसरमा नेपाल भारत मैत्री समाजले काठमाण्डौमा एक शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
सोही कार्यक्रममा बोल्दे पुर्व प्रधानमन्त्री एवं नँया शक्ति नेपालका संयोजक डा. बावुराम भटटराईले नेपालले आपनो छिमेकी राष्ट्र भारतसंग कुने पनि कुरा राख्दा खुल्ला रुपले राख्नु पर्ने बताउँदै ै हाल नेपालमा गठन भएको प्रबुद्ध बर्गको संगठनले दुई देशबिच केही प्रगति गरेको बताउनु भयो ।
यसैगरी कार्यक्रममा बोल्दै माओवादी केन्दका नेता तथा पुर्व मन्त्री कृष्ण बहादुर महराले भारतकै सहयोगमा नेपालमा गणतन्त्र संभव बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दे संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल र भारत दुई देशको बिचको सम्बन्ध जनता जनता बिचको सम्बन्ध भएको बताउँदै नेपाल र भारतको सम्बन्ध नदी नालाले जोडि दिएको सम्बन्ध भएको बताउनु भयो ।
यसैगरी कार्यक्रमा बोल्दे नेपालका लागि भारतका राजदुत मंजिव सिंह पुरीले नेपालले आफनो कुने पनि समस्या खुल्ला रुपले आफनो छिमेकी राष्ट्रसंग राख्न सक्न् पर्ने बताउनु भयो ।
सो अवसरमा राष्ट्रकवि माधव प्रसाद घिमिरे र त्रि.वि. शिक्षण अस्पतालका स्नायु विशेषज्ञ डा. जगदीश अग्रवाललाई मेत्री समाजले सम्मान समेत गरेको थियो े ।
नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करीको सभापतित्वमा भएको सो शुभकामना आदान प्रदान कार्यक्रममा रापपाका अध्यक्ष पशुपति शम्शेर जवरा, नेपाली काँग्रेसका नेता तथा पुर्व परराष्ट्र मन्त्री डा . प्रकाश शरण महतले पनि शुभकामना सम्बोधन गर्नु भएको थियो ।
दुई सय वर्षको बेलायत औपनिवेशबाट सन १९४७ को १५ अगस्टमा स्वतन्त्र भएको भारत सन.१९५० को २६ जनवरीबाट भारत पुर्ण रुपमा गणतान्त्रिक मुलुकको रुपमा रुपान्तर भएको थियो ।