चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

साधना लघुवित्त वित्तीय संस्था लि.को आफ्नो कर्मचारीहरुलाई जिबन बिमा तथा शाखा व्यवस्थापन तालिम प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ १४, आईतवार १२:३५

साधना लघुवित्त वित्तीय संस्था लि.को आफ्नो कर्मचारीहरुलाई एक दिने जिबन बिमा तथा शाखा व्यवस्थापन तालिम प्रदान गरेको छ । तालिको उद्घाटन प्रमुख अतिथी बित्तीय संस्थाको संस्थापक शेयर धनी रबिन अधिकारीले गरेका थिए । लघुवित्तको आधारभुत अवधारणा, प्रभाबकारी शाखा व्यवस्थापन, सदस्य तथा कर्जा बिस्तारमा कर्मचारीको भुमिका र जीवन बिमा लगायतका बिषय बस्तु बारेमा जानकारी गराउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत श्री रेशम न्यौपानेले बताए ।

उक्त तालिममा वित्तीय संस्थाको तर्फबाट फिल्डको गुणस्तर बृद्धी, गुणस्तरीय कर्जा विश्लेषण, कर्जा सदुपयोगिता, धितो कर्जाको उच्च व्यवस्थापन, कार्यालयको लेखा व्यवस्थापन, मासिक केन्द्र बैठक व्यवस्थापनको बारेमा विभागीय प्रमुखहरु क्रमशः सरिता ढकाल, रुपेश कुमार झा, राम प्रसाद लामिछाने, किरण श्रेष्ठले आफनो प्रस्तुती राख्नुभएको थियो त्यस्तै उक्त तालिममा लाईफ ईन्स्योरेन्स करपोरेसन नेपाल गोरखाका शाखा प्रमुख हरि शर्मा पौडेल, एजेन्सी म्यानेजर मोहमद फजलमिँयाले जीवन बिमाको उद्देश्य महत्व तथा बिमाको प्रकृयाको बारेमा सहभागीहरुलाई सहजीकरण गरेका थिए ।उक्त तालिममा वित्तिय संस्थाका संस्थापक शेयरधनि तिलकजंग के.सि ले तालिम सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । ४० जना सहभागी भएको उक्त तालिममा उत्कृष्ट कर्मचारीहरु लाई सम्मान समेत गरिएको थियो । साथै दश जिल्ला कार्यक्षेत्र रहेको यस संस्थाले आफनो स्थापनाको ३ महिनाको छोटो अवधिमा अति विकट पहाडी क्षेत्र तथा ग्रामिण क्षेत्रमा १५ ओटा शाखा बाट ३००० भन्दा बढी बिपन्न सदस्यहरुलाई सेवा गर्दै आईरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु