माघ १६, काठमाण्डौ । शहीद सप्ताहको आज अन्तिम दिन वीर शहीदलाई सम्मान गरि शहीद दिवस मनाइएको छ ।
शहीद सप्ताहको अन्तिम दिन आज काठमाडौँको लौनचौरस्थित शहीद स्मारकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद स्मारकमा माल्यार्पण गरेर शहीदहरुप्रति सम्मान प्रकट गरेका गरे । यसै अवसरमा नेपाली सेनाले शहीदहरुप्रलि सलामी अर्पण गरेको थियो ।
त्यस्तै, प्रधानसेनापति राजेन्द्र श्रेत्री, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका प्रमुख सिंह बहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलगायतले शहीद स्मारकमा माल्यार्पण गरी शहीदहरुप्रति सम्मान अर्पण गरेका थिए ।
त्यस्तै कार्यक्रममा शहीद सप्ताह मुल समारोह समितिका संयोजक काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य, उप प्रमुख हरि प्रभा खडगी श्रेष्ठले पनि शहीद स्मारकमा श्रद्धान्जली व्यक्त गर्नु भएको थियो ।
नेपाली सेनाले शहीदहरुको सम्मान अर्पण गरेको थियो । प्रजातन्त्र स्थापनामा योगदान पुर्याएका शहीदको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई शहीद सप्ताहको रुपमा मनाउने गरिएको छ ।
यस अघि काठमाण्डौको रत्नपार्क शान्ति बाटिकाबाट निस्केको प्रभात फेरी जमl । दरवारमार्ग, केशरमहल हँुदै शहीद स्मारक पुगेको थियो । सो प्रभातफेरीमा नेपाल सेना , नेपाल प्रहरी, र स्काउटको टुकडी विभिन्न झाँकीहरुको पनि सहभागिता रहेको थियो ।
विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन शासक पक्षले मृत्युदण्ड दिएको थियो ।