बुटवल -मिति २०७४ माघ १६ गतेका दिन सहिद दिवसको अवसरमा द युथ युनिटी फेसबुक ग्रुपको सहिद प्रतिको सम्झनामा बुटवलको राजमार्ग चौराहा (सहिद लखन थापा चोक) मा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । मदन शौगातको अध्यक्षतामा रहेको उक्त कार्यक्रम प्रविन पन्थले सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा दिगाम रुपन्देही सम्पर्क समाजका अतिथि कृष्ण प्रसाद न्यौपाने, समृद्ध नव नेपालबाट विदुर खनाल, द युथ युनिटी ग्रुपको तर्फबाट सुरज पन्थ लगायत विभिन्न अतिथिहरुले सहिद प्रति समवेदना प्रकट गर्दै मन्तब्य व्यक्त गर्नुभएको थियो ।
उक्त मन्तव्यमा देशको सम्मान र अस्तित्व जोगानका निम्ति उहाँहरुले गरेको योगदान अमूल्य रहेको जानकारी गराउनुभयो सहिदहरुले देखाएको सत्मार्गमा हिडि देश र देशवासीको हितको निम्ती कार्य गर्ने हौसाला प्रदान गर्नुभयो |
द युथ युनिटी ग्रुपले आयोजना गरेको उक्त दिप प्रज्वलन कार्यक्रममा उत्साजनक उपस्थिति जनाई सहिद प्रति सम्झना तथा सम्मान प्रकट गरेका थिए । विभिन्न कार्यक्रम गर्दै आएको यस गु्रपले आगामी दिनहरुमा शिक्षा, स्वास्थ, वातावरण जस्तै विभिन्न कार्यक्रम गर्ने अठोट जनाउदैं कार्यक्रमका अध्यक्षले कार्यक्रम समापन गर्नुभएको थियो ।