• गायक अमृतको भ्यालेन्टाइन बिशेष ‘समाउ मेरो हात’ बजारमा (भिडियोसहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ माघ २०७४, मंगलवार १४:१९

    प्रतिभाशालि गायक अमृत कुमार भट्टको आवाजमा रहेको नया भ्यालेन्टाइन गित समाउ मेरो हात बोलको गित म्युजिक नेपालको युट्युब च्यानलबाट सार्बजनिक भएको छ । गायक अमृतले ललितकला क्याम्पस बाट संगीतमा ब्याचलर गरेका छन। अमृतको यस अघिनै कलेक्सन एल्बममा अन्य गितहरु गाउनु भएको छ । यस गीतमा शब्द संगीत समेत गायक अमृतले नै गरेका छन् भने शम्भु बानियाँको एरेन्ज रहेको छ । म्युजिक भिडियोका लागि एकदमै ट्यालेन्टले भरिएका नृत्य अभिनयमा अब्बल मोडेल रोशन बि.केको अभिनय रहेको छ।

    रोशन नेपाल टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो छम्छमी सिजन-३ का उत्कृष्ट १० मा पुग्न सफल हुनुभएको थियो। रोशनसंगै भिडियोमा अमृता भट्टको पनि अब्बल अभिनय देख्न सकिन्छ । अमृताको पनि एकपछि अर्को भिडियो लोकप्रिय हुँदै गाइरहेको हुनाले चर्चा बटुल्दै छिन । भिडियोको निर्देशन रोशन बि.के को नै रहेको छ ।

    भिडियो-

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु