रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

अनिश प्रतिष्ठानले भन्यो : आर्थिक हिनामिना भएको छैन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ १७, बुधबार ११:२७

काठमाडौं- बैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका नेपालीहरुलाई परेका अफ्ठयोमा साथ दिने उद्देश्यले स्थापना गरिएको अनिस प्रतिष्ठानले आफ्ना आर्थिक गतिविधि सार्वजनिक गरेको छ ।रिपोर्टर्स क्लब नेपालमा प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरेर स्वच्छ पारदर्शीताका आधारमा प्रतिष्ठानलाई अघि बढाउनको लागि पत्रकार सम्मेलन गर्नुपरेको संस्थाका अध्यक्ष रामरतन राईले जानकारी दिए ।अनिस खालिङ राईको बचाउ अभियानमा प्रतिष्ठानले ३ करोड २९ लाख ९३ हजार ६०९ रुपैया संकलन गरेको जानकारी दिएको छ ।

उक्त रकम मध्ये ८० लाख ५९ हजार ९५० रुपैयाँ बैदेशिक प्रवद्र्धन बोर्डमा जम्मा गरिएको प्रतिष्ठानका अध्यक्ष राईले बताए ।
संस्थाले अनिस बचाउ अभियानमा १३ लाख १६ हजार ५२९ रुपैयाँ खर्च गरेको थियो । उनको पुनःस्थापनाको लागि एकमुष्ट २५ लाख रुपैयाँ हस्तान्त्रण गरेको बताएईको छ ।संस्थाले साउदीमा ट्रिपर दुर्घट्ना गरेको आरोमा मृत्युदण्डको सजाय सुनाईएका रोल्पाका दिलबहादुर घर्तीलाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । त्यस्तै बोनम्यारो पीडित सोलुखुम्बुका रुद्र कुलुको उपचारार्थ १ लाख हस्तान्तरण गरेको संस्थाले बताएको छ ।

संखुवासभाका रमेशप्रसाद तिमिल्सिनाको उपचारको लागि २५ हजार, साउदीमा कार्यरत रहेकै अवस्थामा ज्यान गुमाएका दार्चुलाका पुरनसिँह धामीको लागि १५ हजार हस्तान्तरण गरेको जानकारी दिईएको हो। पछिल्लो समयमा साउदीको जेलमा सजाय भोगि रहेका ईलामका ३१ वर्षिय प्रेमबहादुर राईको रिहाईका लागि रु. १ लाख १ सय ११ रुपैयाँ सहयोग गर्ने संस्थाका अध्यक्ष राईले विश्वास दिलाए ।उनले सामाजिक सञ्जालमा अनिस बचाउ अभियानको क्रममा आर्थिक हिनामिना भएको भन्ने भ्रमलाई चिर्नको लागि पत्रकार सम्मेलन गर्न आफूहरु वाध्य भएको स्पष्ट पारे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु